
कृष्ण ! तिमी शास्वत, तिमी सत्य, तिमी नै नित्य हौ
रितु शाक्य
हे गोविन्द हे गिरिधारी चरणकमलमा शरण देऊ ।
शरणा गति छु म तिम्रो एक झलक दर्शन देऊ ।।
हे मन मोहन हे मुरारी प्रेम सागरमा डुबिरहेछु ।
श्रद्धा भक्ति तिमीमा जगाई भजन म भाजिरहेछु ।।
हे चित् चोर मुरलीधर प्रणव धोनी म श्रवण गरिरहेछु ।
मिठो धुन बाँसुरी बजायौ, मन मोहित म भैरहेको छु ।।
हे कान्हा हे कन्हैया गोपिनी झैं म नाचिरहेको छु ।
स्मरण तिम्रो हृदयभरी मन मगन म भैरहेको छु ।।
हे बृजेश, त्रैलोक्यनाथ, ब्रम्हाण्ड नायक, सृष्टिका मूल तिमी ।
सत् चित् आनन्द स्वरुप सर्वब्यापी प्रभु तिमी नै हौ तिमी ।।
हे बाँके बिहारी नन्द का लाला, देवकी नन्दन ।
गर्छु नित्य पूजा तिम्रो प्रार्थना भक्ति अनि बन्दन ।।
तिमी शास्वत, तिमी सत्य, तिमी नै नित्य हौ ।
सारा जगतका स्वामी पालन हार तिमी नै हौ ।।
तिम्रो नाम जप स्तुति सुमिरण सदा गर्न पाउँ ,
यो जीवनको अन्तिम स्वास तिम्रै नाम गर्न पाउँ ।।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)