रमाइलो शुक्रबारः बुक फ्री डेमा रमाउँदै न्यू इन्भाइरन्मन्टका विद्यार्थी
रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्राममा रहेको न्यु इन्भाइरन्मन्ट विद्यालयमा हरेक शुक्रबार विद्यार्थीहरु बुक फ्री डेमा रमाउने गरेका छन् ।
अरु दिन झोलामा किताब कपि बोकेर, गृहकार्य सकेर जानुपर्ने हुँदा अरु दिनभन्दा शुक्रबार विशेष दिन लाग्ने गरेको कक्षा ९ का विद्यार्थी सुप्रिया ढकालले बताइन् । नृत्य, सङ्गित, वाद्यबादन, चित्रकला, बास्केटबल, ब्याडमिन्टन, फुटसल, स्विमिङ, वेभ पेज मेकिङ, साहित्य, पत्रकारिताको प्रशिक्षण, फोटोग्राफी, भिडियोग्राफी, दुनाटपरी बनाउने, बत्ती कात्ने, विद्यार्थी गुणीय चक्र लगायतका कार्यक्रमबाट आफ्नो आफ्नो रुचिअनुसार विद्यार्थीहरुले सहभागिता जनाउँदै आएको प्राचार्य मधुप्रकाश ज्ञवालीले बताए ।
हरेक शुक्रबार बिहान दुई पिरियड आध्यात्मिक कक्षा संचालन गरिदै आएको विद्यालयका प्रबन्ध निर्देशक घनश्याम ज्ञवालीले बताए । उक्त समयमा योग, ध्यान, भजन,र नैतिक शिक्षासम्बन्धी कथाहरु सुनाइने उहाँले बताए । विद्यार्थीहरुलाई यस प्रकारका व्यवहारिक एवं सामाजिक, जीवनोपयोगी सीप दिन विद्यालयका शिक्षकहरुले निकै मेहनत गरेको विद्यालयका अध्यक्ष नेत्र वनले बताए ।
यस विद्यालयलमा कक्षा नर्सरीदेखि कक्षा १२ सम्म २००० विद्यार्थी अध्ययनरत छन् । शैक्षिक सत्र २०७९ देखि विद्यालयमा शुक्रबार बुक फ्री डे घोषणा गरिएको हो ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)