माटोमुनि फल्छु म आलु मेरो नाम

आलु

शान्ता भट्टराई

माटोमुनि फल्छु म आलु मेरो नाम
सबको भान्सा चाहार्ने सानो हो र काम !

सबैतिर फल्छु म हिमाल पहाड तराई
परिचित छु सबैसँग कोही छैनन् पराई ।

तरकारी र अचार मिल्छु दुवैतिर
मधुमेहका रोगीलाई चैँ पर्ने रैछ पिर ।

पकौडा र आलुचपमा मेरै प्रयोग हुन्छ
जिब्रो पड्काई खा’को देख्दा मेरो मन छुन्छ ।

तितौरा बनाऊ मलाई सुकाएर घाममा
दु:ख हुँदा तरकारीको आउँछु म काममा ।

मिसाएर माससँग मस्यौरा नि बन्छु
ढङ्ग पुर्याई पकाउँदा साह्रै मीठो हुन्छु ।

रातो, सेतो, डल्लो, लाम्चो जात थरि थरि
पोली खाउँ कि उसिनुँ लाग्छ घरिघरि ।

कुटो बोकी बारी पसे मलाई खन्नथाले
‘आलु खान आऊ छोरी’ बोलाउनुभो बाले ।

विषादीको प्रयोग धेरै नगर्नू है मलाई
कम्पोष्ट मल प्रयोग गर्नू सबको गर्छु भलाई ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button