पहिलो साथी, गुरु, पुस्तक अनि सल्लाहकार हौ आमा

प्यारी आमा

भावना कटवाल

उच्चारणमा नै तिम्रो
न्यानोपनको उच्च आभाष छ
सन्तानका सबै राप र ताप सहने
अविरल तागत छ ।

पहिलो साथी, गुरु, पुस्तक
अनि सल्लाहकार हौ आमा
सारा पिडा लुकाई सन्तान सामु
मुस्कुराउने पात्र हौ आमा ।

अन्पढ भए पनि सुमार्ग र नैतिकताको
अथाह ज्ञान छ तिमीमा
सन्तानका हर भावना र चाहना पढ्न सक्ने
साहस छ तिमीमा ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button