सफलताको सुत्रः गरेरै छाड्छु भन्नै अठोट अपरिहार्य

दुर्गा कार्की

जीवन भोगाइसँगै मानिसले अनेकौँ अनुभव संगालेका हुन्छन्, जसलाई कापीका पानामा छरे पुस्तकको रुप लिन्छ । तिनै अनुभवका केही मुख्य अंश यहाँ पोख्न चाहन्छु । मानिसले जीवनभरि खोजी गर्ने मुख्य कुरा भनेको सफलता । त्यही सफलता कसैको हात पर्छ भने कति असफल हुन्छन् । सफलताको लागि हामीले सुत्रकै रूपमा यी निम्न कुरालाई ध्यान दिनुपर्छ ।

सुत्रः स्वास्थ्य, शिक्षा, लक्ष्य, परिश्रम, लगन, आत्मविश्वास, ईच्छाशक्ति,अठोट अनि निरन्तरको प्रयास ।

जीवनमा यी सुत्रलाई प्रयोग गरे हरेक मानिसले सफलता हात पार्न सफल हुन्छ । सबैभन्दा ठुलो धन स्वास्थ्य हो । शिक्षा ज्ञान, चेतना र कर्म गर्नका लागि नभै हुँदैन । अघि बढ्न लक्ष्य हुनुपर्छ । नत्र हामी कुहीरोको काग हुन्छौँ । त्यही लक्ष्य प्राप्तिका लागि परिश्रम, लगनशीलता, आत्मविश्वास चाहिन्छ । मनमा इच्छाशक्ति र गरेरै छाड्छु भन्नै अठोट ज्यादै अपरिहार्य छ । यही अठोटले मानिसलाई लक्ष्यमा पुर्याउन सहयोग गर्छ । कहिलेकाहीँ असफल हुन सक्छौँ, त्यति बेला निरन्तरको प्रयास जारी राख्नुपर्छ ।

यति कुरालाई ध्यान दिएर अघि बढेको खण्डमा हामी पक्कै लक्षमा पुग्न सफल हुन्छौँ अनि हाम्रो जीवन सफल र सार्थक हन्छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button