सुन्दर रुप एक अभिशाप

माला लिम्बु

छि !

आफ्नै सुन्दर मुहार देखेर आज उनलाई ग्लानी भइरहेको थियो । नजिकै रहेको तीखो कम्पासले आफ्नै निधारमा प्रहार गरिनब । रगत बग्न थाल्यो, तप तप । तर पीडा रत्तिभर नि भएन । मनमा असह्य वेदना भएर शरीर पनि अनुभुतीविहीन भएको थियो सायद ।

दिउँसो कोही परिचित मुहारको अपरिचित हातहरु अचानक सल्बलाइरहेको थियो उनको शरीरमा, अनि लाग्दै थियो उसका ती नजरहरुले बलात्कार गरिरहेछ । एक्कासी चिच्याउन पुगेकी थिइन् उनी तर विडम्बना उनको मुखबाट चिच्याहट निस्कन सकेको थिएन, मात्र शरीर काँपिरहेको थियो ।

आफ्नो शरीर फेरि रगड्न थालिन् । रातो भयो अनि माघको चिसो मौसमलाई पनि मात दिने चिसो पानीले शरीर पखालिन् । तर, दाग उनको शरीरमा हैन, मनमा गडेको थियो ।

फेरि कोही उनको नजरबाट गिरेको थियो, मानौं, हावाको गति समात्न नसकेर जवान वृक्ष जमीनमा ढलेको होस् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button