भन्दै थियो, ‘आज धेरै नै याद आयो तिम्रो ! बिहानबाट कता हराएकी ?’
माला लिम्बु
‘टिङ्ग’, म्यासेज नोटिफिकेसन आयो । हत्तारिदै म्यासेजबक्स खोलिन् । उसैको रहेछ ।
भन्दै थियो, ‘आज धेरै नै याद आयो तिम्रो ! बिहानबाट कता हराएकी ?’
आज आफ्नो फोनमा नेटवर्कले काम नगरेको अनि बिदाको दिन अरु पनि कामले ब्यस्त भएको आदि इत्यादी सबै बेलिबिस्तार लगाईन् । खै किन हो ! आजकल उनलाई सबै दिनचर्या बताउन मन लाग्छ ।
उस्ले आज उनको लागि एउटा गीत कम्पोज गरेको रहेछ, सुनाउन आतुर थियो ऊ । उस्का औलाहरु सुस्तरी गितारको तारमाथि दौडाउन थाल्यो । मीठो ध्वनि गुन्जिन थाल्यो उताबाट । मीठो नहोस् पनि कसरी, एक अब्बल गितारिस्ट जो थियो ऊ ।
गाउन थाल्यो, ‘”seni ben çok sevdim…’
आहा कत्ति मीठो ! साच्चै संगीतको कुनै भाषा नहुने रहेछ । केवल गन्तव्य मात्र हुने रहेछ, सिधै कानको बाटो हुँदै दिललाई स्पर्श गर्ने ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)