आमा रुन थाल्छिन् !

चित्रबहादुर केसी तिमिल्सिना ‘अकेला’
आँखो-५, ठूलीबराह, स्याङ्जा

जेठो लद्दू ल्वाँठ भयो उट्पट्याङ् छ माहिलो
गान्धार नरेश जस्तै बन्यो हाम्रो छोरा साईंलो !

अल्जाइमरका रोगी छन् जेठा माहिलो साईंलो
तिनको उपचार गर्छु भन्छ हाम्रो छोरा काँहिंलो !

हाम्रा घरका शू-सियारेले बिगारे सुन्दर घर
अलि कति संस्कारी छ हाम्रो छोरा ठाईंलो !

उग्र थियो पहिले पहिले ठीक ठाउँमा छ अहिले
संसारमा आमा प्यारो भन्छ हाम्रो छोरा राईंलो !

यस्ता खाले सन्तान् हुँदा मलाई अति गाह्रो
परिबन्धले कान्छो जेलमा भयो घर भाँडभैलो !

लथालिँगे चालादेखि आमा रुन थाल्छिन् !
छिमेकीले भन्दै छन् है ? आयो हाम्रो पालो ?


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button