अझै सानो छु आमा, ठुलो मान्छे हुने कहिले ?
सहनशील आमा
मुकुन्द हटुवाल
पीडा धेरै सहेर जन्म दियौ आमा
दुख धेरै गरेर हुर्कायौ, बढायौ आमा
केही गर्न सकिन तिम्रा लागि मैले
आफू पिल्सिएर मलाई पढायौ आमा ।
धेरै खुशी छाएथ्यो रे म जन्मँदा भन्थ्यौ तिमी
परिवारमै जेठो छोरो जन्म दिएँ भन्थ्यौ तिमी
अझै सानो छु आमा ठुलो मान्छे हुने कैले
चुटिएर आफू बरू मलाई बचायौ रे आमा ।
कुटोकोदालो डोको नाम्लो दिनचर्या यसैमा
पाउदिनथ्यौ आराम कहिल्यै, खुशी यसैमा
कष्ट धेरै खेप्प्यौ आमा तिमीले सन्ततिलाई
मेरेरै आफू भएर पनि बचायौ सन्तति आमा ।
सधै हाँसी रहु आमा सधैं बाँची रहु आमा
धेरै कष्ट खेप्यौ तिमीले अब खुशी रहु आमा
भिरपाखा चुलोचौको दिनचर्या यसमै बित्यो
ममता र स्नेहले जीवन सजाई दियौ आमा ।
भावना मात्रै हैन आमा कर्तव्य कि खानी तिमी
सन्ततिका लागि ज्यानै दिन तयार तिमी
धेरैधेरै आभारी छु यो जन्म दिनमा आमा
लागिरहोस् आशिर्वाद सधैं, परमात्माको दया आमा ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)