अज्ञानरुपी अन्धकार हटाइदिने तिमी, ज्ञानरुपी प्रकाश फैलाइदिने तिमी

रितु शाक्य

शुभकामना, शुभकामना, शुभकामना
जन्मदिनको लाख लाख शुभ बन्दना ।

पिता तिमी, माता तिमी, गुरू पनि तिमी
प्रीत तिमी, मीत तिमी, इश्वर झैं तिमी ।

रात बित्छ, दिन बित्छ, बित्छ वर्ष दिन
याद आउछ सधैं तिम्रो, हर क्षण क्षण ।

ज्ञान तिम्रो, विद्या तिम्रो, ध्यान पनि तिम्रो
सुख शान्ति आनन्दको मार्ग पनि तिम्रो ।

तिम्रो प्यार हौशलाले सुन्दर लाग्छ सब
जिन्दगीको हर मोड सहज लाग्छ तब ।

माया मोह अहंकार दुख क्लेश हट्छ
दया करुणा श्रद्धा भक्ति भित्रबाटै जाग्छ ।

बिज ब्रम्ह परमात्मा चिनाइदिने तिमी
आफै भित्र इश्वर तत्व जगाइदिने तिमी ।

अज्ञानरुपी अन्धकार हटाइदिने तिमी
ज्ञानरुपी प्रकाश फैलाइदिने तिमी ।

फ्याँकिएको हुत्त्याईएको बिजलाई टिपी
माया ममता सिंचित गरी वृक्ष बनाइदियौ ।

गुरू ऊर्जा फैलाई सबको पिडा हरण गर्यौ
ढुंगारुपी ज्यानलाई देवता बनाइ छोड्यौ ।

यस्ता तिमी महाज्ञानी दिब्य ज्योति रहेछौ
तिम्रो साथ पाई हामी धन्य धन्य भएछौं ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

  1. श्रध्देय गुरूदेवकाे जन्म दिनमालेखिएकाे कविता अति सुन्दर भावले भरिएकाे छ। कल्याण मित्र ऋतु शाक्यमा हार्दिक आभार।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button