मलाई पटक पटक पुनर्जन्म दिने मेरी दिदी

सलुजा बस्नेत

मेरी प्यारी दिदी

भनिन्छ नि, आमा पछिको दिदी हो भनेर तर मेरो लागि चै आमा समानकी मेरी दिदी । आमाले जन्म दिनुभयो र आमा मेरो लागि भगवान हो भने म निराश अनि हरेश खाएको बेलामा प्रेरणा र हौसला दिएर मलाई पटक पटक पुनर्जन्म दिने मेरी दिदी मेरो लागि आमाको दोस्रो रुप हो । “अनु जस्तो हुनु पर्छ” भन्ने थेगो नै बसिसकेको छ हाम्रो परिवारमा । घरिघरि त, हैन मेरो नाम पनि लिउँ न हउ जस्तो लाग्छ अनि भयंकर मेहनत पनि गर्छु तर कहाँ सक्छु र दिदी तेरो त्यो सानै देखिको त्याग र तपस्यालाई मैले एकमुस्ठ अनुसरण गर्न ।

जेठी छोरी भएर होला सानैदेखि ममीसँग काँधमा काँध मिलाएर व्यवहार टार्न खप्पिस मेरी दिदी हाट बजारबाट नांग्लो र कुचो झुन्ड्याएर ल्याएको देख्दा छिमेकमा समेत चर्चा हुन पुग्थ्यो । सानै।देखि घरकी लक्षिन् अनि सान थिइ मेरी दिदी । घरको सन्दुकदेखि भान्साको नूनसम्म राखनधरन गर्ने मेरी दिदीको विवाहको रात मम्मीले न त दराजमा पैसा ठम्याउन सक्नुभयो न त मैले भान्सामा नून । त्यसपछि दिदीको नयाँ घरमा फोन गरेर समेत सोध्न भ्याएका थियौं अनि त के चाहियो र दिदीलाई अन्माउँदा भन्दा बढी चर्किएको थियो हामी आमा छोरीको रुवाइ त्यो रात ।

देख्न सकिन्छ दिदी बहिनिमा मनमुटाव अनि झगडा समाजमा तर हामीबीचको सम्बन्ध त आमा–छोरी जस्तो भएर पनि होला, मेरा लागि भनेर जस्तोसुकै दुख कस्ट झेल्न तयार मेरी दिदीको हाम्रो परिवारमा आगमान भएको दिन आज मंसिर २९ गते मैले केहि दिन नसके पनि मेरा शव्दहरुले उसको मनलाई केहि खुशी देला भन्ने आशमा केहि कोरेकी छु्र ।

जन्म दिनको असिमित शुभकामना
सदै मुस्कुराईरहनु, खुशी र सुखी रहनु
जिन्दगीमा सधैं यसरी नै साथमा रहन पाउँ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button