
ड्याडी! तिमी बिनाको जन्मदिन पनि आज सात बर्ष भएछ
भावना रिमाल
तिमी बिनाको जन्मदिन पनि
आज सात बर्ष भएछ,
अझै तिमीसँगको गुनासोसँगै
तिम्रा ती नमिठा अतितले पोल्छ नि ड्याडी मलाई
तिमी बिनाका दिनहरु
उज्यालो बिनाको पुर्णिमाजस्तै लाग्छ नि ड्याडी मलाई
भन्छ्न्, छोराछोरी बुढेशकालको लौरी हुन् अरे,
यो जुनीमा त अधुरै भयो
मिल्यो भने अबका हरेक जुनीमा
तिम्रै प्यारी छोरी भएर जन्म लिने रहर छ नि ड्याडी मलाई ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



