
कुप्रो भो जिउ बोकेर लाठी टेक्न चैं सकिन
चिरञ्जीवी काफ्ले
रंगेली-९, मोरंग
यौवन लुकोस् मजेत्रो भित्र छेक्न चैं सकिन
ढल्कियो जोवन् नदेखीकन फेक्न चैं सकिन
देखेर सबै बोलाई भन्छन् के भयो तंलाई
बुढेस काल खुम्चेका गाला सेक्न चैं सकिन
खुट्टाको भर हिडन गारो सहारा चाहियो
कुप्रो भो जिउ बोकेर लाठी टेक्न चैं सकिन
हिम्मत राख्छु काम्दैनन् हात छुनु छ शिखर
अरुको छेउ निम्सरो बन्न ठेक्न चैं सकिन
सरल छैन सोचेको जस्तो नहुदो रहेछ
सम्झन्छु बसी पसिना छुट्छ थेक्न चैं सकिन !
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



