जागिर खाएका ठूला भए, हामी पो काम नपाएका

जागिरेका पीडा

मेनुका शर्मा

‘एक दिन कामबाट छुट्टी पनि कति साह्रो हो ? निम्तो पठाएको पनि आउँदैनन्, जागिर खाएका ठूला भए, हामी पो काम नपाएका जस्ता भयौँ त, बोलाउँदा नि नआए नआउन् । जोगियो अलिकति भए पनि हाम्रो’, आफन्तहरुले, छिमेकमा यस्तै यस्तै भन्दै गरेको सुन्नमा आउने गर्छ ।

हुन त जागिरेका ठूला कुरा । काम गरेवापत पैसा नि त पाउँछौं नि । भन्नेहरुलाई धेरै सजिलो हुन्छ । जागिर भन्ने नाम नै यस्तै हो । नखाउँ के गरेर बस्नु घरमा यत्तिकै, आर्थिक हिसाबले परिवारमा सहयोग अनि मानसिक हिसावले आफू आत्मनिर्भर हुने भएकोले पनि खाईन्छ तर परिवार, आफन्त र समाजमा आईपर्ने सामाजिक क्रियाकलापमा भाग लिन भने साह्रै नै अफ्ठ्यारो हुने गरेको छ ।

बर्षभरी आउने हरेक चाडपर्व त छँदैछ । त्योबाहेक विवाह, व्रतबन्ध, पूजा, जन्मदिन, न्वारन र अझै हरेक सफलतामा दिइने पार्टीले त झन् अझै समय अस्तव्यस्त बनाएको छ । कता जानु, कसकोमा जानु, एउटाकोमा जाँदा ऊ मेरोमा छुट्टी मिल्दैन भन्दै थिई उता मन परेकातिर त पुगेछन् भन्ने चलन छ ।

सबैकोमा जाऊँ, छुट्टी कति भन्नु ,गाह्रो छ । यसको मतलब विदा नै पाइँदैन भनेको पनि होइन । पाइन्छ तर जागिरमा पनि त उत्तरदायित्व हुन्छ । आफूले पाएको जिम्मेवारी अवश्य पूरा गर्नु पर्ने हुन्छ । अनि विदा हक होइन, सुविधा हो भनेर जनाइएको छ विधानमा । त्यो कुरा भुल्नु पनि भएको छैन । नजाउँ सामाजिक क्रियाकलापमा संलग्न हुन सकिएन, त्यसैले पनि होला अरु भन्दा फरक हुनुपर्ने अवस्था छ । समूहमा बस्दा हुन्छ या कुनै पनि काम जागिरेले गर्दा शनिवार गर्नुपर्ने कति जना त रिसाउनु पनि हुन्छ । एउटको जागिरले गर्दा यतिका जनाको काम बिग्रिन्छ भनेर सुनाउँछन् ।

हुन त जागिरे महिला हुन् या पुरुष, बुझ्दै जाँदा पीडा त उस्तै छ । कार्यक्षेत्रमा मा पुगेपछि सबैले आफ्नो कार्य पूरा गर्नुपर्छ । घुम्न जान, कसैले निम्तो दिँदा जान मन कसलाई पो हुन्न ? एक हिसाबले, ल त्यो पनि छोडौँ, पछि जाँदा नि हुन्छ रमाईलो गर्न । कुरा त, यहाँ पीडामा पनि सरिक हुन सकिँदैन, तब असहज महसूस हुनेगर्छ । तर देशको एक जिम्मेवार नागरिकको हैसियतले पनि आफ्नो कर्तव्यलाई जिम्मेवारीपूर्वक निभाउन सफल हुने कोशिश जारी राख्नुपर्छ । जागीर खानु हरेक हिसाबले महत्वपूर्ण मानिँदै आएको छ र हो पनि ।

बस्, कहिलेकाँही अफ्ठ्यारो परेको बखतमा पुग्न नसक्नु आफ्नै लागि पीडादायी बनेको छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button