प्रुभ गर्नु छैन, इम्प्रुभ गर्नु छ

सोनिका अर्याल

म भित्रको ‘म‌‌’ स्वयम ‘म‌‌’ आफैंले मात्रै बुझेको छु । अरूले त बस् बुझेको जस्तो मात्रै गर्छन् ।

अगाडि मेरो कुरा निर्धक्क भएर सुन्नेहरु मेरो पछाडि मेरो कुरा काट्दै गरेको नि देखेको छु । थाहा छैन, मान्छेलाई अरूको कुरा काट्दा के खुशी मिल्छ । थाहा छैन, मान्छेलाई अरूको दुःख सुन्दा, देख्दा के खुशी मिल्छ ।

कसलाई आफ्नु भनुँ खोइ यहाँ ? जसलाई आँखा चिम्लेर विश्वास गरेको हुन्छ, उसले विश्वास तोडिदिन्छन् ।

कसैलाई मेरो पीडा यस्तो छ भनेर सुनाउँ भने पनि विश्वास गर्न लायक कोहि पनि छैन । सबैले आफ्नु फाइदा हेरेर बस्दा रैछन् ।

यहाँ मान्छे आफ्नु राम्रोको लागि अरूलाई गिराउने काम गर्छन् । आफू राम्रो बन्न अरूलाई नराम्रो प्रुभ गर्न लाग्दछन् ।

मलाई कसैलाई पनि आफ्नो बारेमा प्रुभ गर्नु नै छैन । मलाई त बस् मभित्र भएका कमी कमजोरीहरुलाई इम्प्रुभ गर्नु छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button