मलाई म हुनुमा गर्व छ

सुशीला ढकाल, मनोपरामर्शविद्
भक्तपुर

मभित्र आवाजहरुको समुन्द्र छ । मेरा लागि उत्तम के हो ? मबाहेक कसैलाई थाहा छैन । म आफ्नो कथा आफै लेख्न सक्छु, कसैको अनुमति होस् या नहोस् । म आफ्नो मनको कुरा सुन्नेछु, आफ्नै सपनाहरू पछ्याउनेछु र आफ्नो जीवन आफै जिउने छु ।

म आफ्नो आवाज दबाएर, आफ्ना आशाहरु मौन पारेर म आफ्नै विकास रोक्ने छैन । डर, चिन्ता र असुरक्षाका भावनालाई तोड्दै म आत्मविश्वाससाथ सफलतातर्फ लम्कनेछु । मलाई म हुनुमा गर्व छ ।

म मेरा लागि कृतज्ञ छु, म आफ्नो योग्यता पहिचान गर्न सफल छु, मलाई अरुले योग्य प्रमाणित गरिरहनु पर्दैन । म आफ्नो आवश्यकतालाई प्राथमिकतामा राख्दैछु । म आफ्नै निर्देशन सुन्दैछु र म आफै आफ्ना लागि अद्वितीय व्यक्ति बन्न अनुमति दिँदैछु । मलाई म हुनुमा गर्व छ ।

म आफू बेकार भएको महसुस गर्नेछैन । म आफुलाई परिभाषित गर्न अरुलाई अनुमति दिनेछैन । मेरो असफलतामा मलाई तल पार्न र बाहिरी अन्य कारकहरुको कारणले मलाई कम महत्त्वको महसुस गराउन म अनुमति दिने छैन ।

म आफुलाई पुर्णरुपमा माया, सम्मान र स्वीकार गर्न आजैदेखि सुरु गर्दैछु, मलाई म हुनुमा गर्व छ ।

शारीरिक स्वास्थ्य जत्तिकै मानसिक स्वास्थ्य पनि महत्त्वपूर्ण छ । मानसिक स्वास्थ्यले हाम्रो भावनात्मक र सामाजिक कल्याणलाई जनाउँछ र हामीले सोच्ने, महसुस गर्ने र व्यवहार गर्ने तरिकालाई असर गर्छ । यसले अरूसँग व्यवहार गर्न, निर्णयहरू गर्न, तनाव ब्यवस्थापन गर्न, र दैनिक जीवनका अन्य धेरै पक्षहरूमा महत्त्वपूर्ण भूमिका खेल्छ । तसर्थ मानसिक स्वास्थको ख्याल राखौँ ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button