सिन्धुलीको हरिहरपुरगढी आइपुग्यो नेपाल साइकल उत्सव

नेपाल साइकल उत्सव टोली बागमती प्रदेशको राजधानी हेटौंडा आइपुगेको छ । यात्राको १८ औं दिन टोली यहाँ आइपुगेको हो । टोलीले झन्झनेस्थित हरिहरपुरगढी गाउँपालिकाको चौरमा क्याम्प खडा गरेको छ ।

सिन्धुली । पश्चिम नेपालको दोधाराचाँदनी (महाकाली) पुलबाट प्याडलिङ सुरु गरेको नेपाल साइकल उत्सव टोली सिन्धुलीको हरिहरपुरगढी आइपुगेको छ । यात्राको १८ औं दिन टोली यहाँ आइपुगेको हो । टोलीले झन्झनेस्थित हरिहरपुरगढी गाउँपालिकाको चौरमा क्याम्प खडा गरेको छ ।

नेपाल पर्यटन वोर्डको प्रवद्र्धन तथा ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान), नेपाल एशोसिएसन अफ टुर्स् एन्ड ट्राभल एजेन्ट्स् एशोसिएसन (नाटा) र नेपाल पर्वतारोहण संघ (एनएमए)को सहयोगमा भइरहेको तीन साताको साइकल यात्रापश्चात इलामको श्रीअन्तुबाट नेपाल साइकल उत्सव टोली काठमाडौं फर्किनेछ ।

विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वको साइकल टोलीमा राजेन्द्र सापकोटा, मुक्ति पान्डे, शंकर अधिकारी, सुभाष केसी, एक्सपान्सन दाहाल, सम्राट पान्डे, महेन्द्र अधिकारी, हिम गुरुङ, माधव नेपाल, लक्ष्मी श्रेष्ठ, नीरा बराल, अशोक सिलवाललगायत रहेका छन् ।

‘नेपाललाई वास्तविक रुपमा बुझ्ने एउटा विशेष अवसरको रुपमा यो यात्रालाई लिएको छु’, हरिहरपुरगढी आइपुग्नु अघि बागमती किनारमा यात्री शंकर अधिकारी बताए । टोलीले नेपालको इतिहासमा सामरिक हिसाबले अत्यन्त महत्वपूर्ण मानिने हरिहरपुरगढीको भ्रमण पनि गरेको पत्रकार समेत रहेको सौरभ ढकालले बताए ।

कोभिड–१९ ले पर्यटन कोमामै पुगेको यो बेला नेपाल साइकल उत्सवले सांकेतिक आन्तरिक पर्यटन प्रवद्र्धनको लागि सहयोग पुर्याउने छ, गाउँपालिका प्रमुख कार्साङ लामाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button