हाम्रो सानो असावधानीले बालबालिकामा कोरोनाको अनियन्त्रित डढेलो फैलिने खतरा छ

निजी स्कुलहरुका लागि मानवताको मूल्यमा व्यापार खुला नगरियोस् ।

रघु मैनाली

नागरिक खबरदारी !

विद्यालयहरुले विद्यार्थीको परिक्षा लिने अडान लिइरहेका छन् । सरकारले पनि यसप्रति ‘नरम रुख’ अपनाएको छ । तर नाकैमा ठोकिने गरी सामुन्ने उभिएका तथ्य र यथार्थहरु दर्दनाक छन् ।

नेपालको स्वास्थ्योपचार पूर्वाधार वयश्कहरुका लागि तुलनात्मक रुपमा राम्रै छ । तर बालबालिकाको स्वास्थ्योपचार पूर्वाधार भने नगन्य छ, अर्थात नेपाल बालबालिकाको उपचार पूर्वाधारमा पुरै हरिकङ्गाल छ । नेपालमा पाटन अस्पतालमा केही वेड, कान्ति बाल अस्पताल र अन्य हातका औंलामा गन्न सकिने निजी अस्पताल बाहेक बालबालिकाको उपचार गर्ने अस्पताल र स्वास्थ्य संस्थाहरु छैनन् ।

अझ राजधानी काठमाडौं बाहिरको अवस्था छ विल्कुलै निरासाजनक छ । त्यसमा पनि एनआईसिसियु, पिआईसियुजस्ता बालबालिकाको सघन उपचार हुने क्षमता र सुविधा त पाटन अस्पतालमा नगन्य र कान्तिबाल अस्पतालमा केही मात्रमा मात्र छ । अहिलेको कोरोना महामारीले बालबच्चाहरुलाई बढी आक्रान्त पारिरहेको छ । उपचारको सम्भावना शुन्य प्राय छ । यस्तो बेलामा कहालिलाग्दो मानवीय क्षति हुन नदिन सावधानीका जनस्वास्थ्यसम्बन्धी उपाय र लकडाउनजस्ता सामाजिक हस्तक्षेपबाहेक अरु कुनै विकल्प छैन ।

हाम्रो सानो असावधानीले बालबालिकामा कोरोनाको अनियन्त्रित डढेलो फैलिने खतरा छ । कलिला मुना जलेर सखाप हुने महाविपत्ति छ । तर यसबारेमा अभिभावक, विद्यालय सञ्चालक र सरकार हुनुपर्ने जति सम्वेदनशील भएको देखिदैन । निजी स्कुलहरुका लागि मानवताको मूल्यमा व्यापार खुला नगरियोस्, यसको परिणाम अकल्पनीय हुनेछ ।

सबैमा बेलैमा चेतना भया ।

(मैनालीको फेसबुकबाट)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button