लाङटाङमा सेरकाशा छोम्बुल, शान्तिका लागि हिमालयमा पूजापर्व

रसुवाको हिमाली गाउँ लाङटाङबाट नेपालनाम्चाका स्थानीय साथी डिन्डु जाङ्बाले अक्षर र तस्विरहरुसहित पवित्र पूजा वृतान्त पठाए । उनका अनुसार यो सेरकाशा छोम्बुल (पूजा) हो ।

‘लाङटाङमा रहेका स्तुपाहरुमध्ये एउटा स्तुपाको नाम सेरकाशा हो र छोम्बुल भनेको पूजा वा प्रार्थना हो’, उनले भने, ‘अहिले यो स्तुपालाई हामीले भुकम्प स्मृति स्तुपा बनाएका छौं ।’

‘पूर्णिमा पूजा समेत भनिने सेरकाशा छोम्बुल बर्षको अन्तिम पूजा हो । यो पूजा पर्वले मुसा बर्षको अन्त्य र गोरु बर्षका सुरुवात र थप सुखद, समुन्नत र शान्त नयाँ बर्षको संकेत पनि गर्दछ’, डिन्डुले भने, ‘लाङटाङ र लाङटाङपाको मात्र होइन, यो पर्व र पूजाले मानवकल्याण र संसारमा सबैतिर शान्ति फैलाउँछ भन्ने स्थानीयको बलियो विश्वास छ ।’

‘७ घन्टाको यो पुजामा १२ लामा थिए भने झन्डै दुई सय स्थानीय पूजापर्वमा सहभागी । सबै भगवान, देवीदेवता र प्रकृतिलाई आराधना र अर्चना गरिएको यो पूजाबाट बितेर गएकाहरुले समेत पुन्य र शान्ति पाउँछन् भन्ने विश्वास छ’, उनले भने ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button