ओखलढुँगाको खिजिदेम्बा आहा !

मेनुका बस्नेत विष्ट

१२ घन्टा लामो पहाडी बाटोको यात्रा दुखदायी नै थियो । पहाडको कच्ची बाटो र नदेखेको ठाउँ सोध्दै अघि बढ्नुपर्ने पीडा आफ्नै ठाउँमा थियो । सिन्धुलीको मरिणदेखि रामेछाप मन्थली हुँदै ओखलढुँगाको खिजिदेम्बा पुग्न सजिलो थिएन । तर, कठिन यात्राको पीडा खिजिदेम्बाको सौन्दर्यले मेटाइदियो ।

नेपालका १०० पर्यटकिय क्षेत्रमध्ये पर्छ खिजिदेम्बा । मुस्ताङ्गपछि मन परेका ठाउँ हुन् ओखलढुङ्गाको खिजिदेम्बा, दोलखाको बिगु, काभ्रेको महाभारत, सिन्धुपल्चोकको पाँच पोखरी, रसुवाको राम्चे र सिन्धुलीको सलुके, तिनपाट्नको आम्बोटे । पुगेकामध्ये विकट तर सुन्दर ठाउँ हुन्, यी सबैले आफ्नै महत्व र इतिहास बोकेका छन् । यी ठाउँहरुमा पुग्न पाएको र सकेकोमा सधै गर्व लाग्छ ।

आफ्नो देश र आफ्नो परिवेश बुझ्नको मज्जा जे छ, त्यो अरु केहिमा भेटिन । जय देश ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button