अन्नपूर्णः टेन्टको प्यारासुट र रामकहानी (३)

जय भण्डारी

म क्याम्पसेट गर्न टेन्टहरू खोलेर मिलाउँदै धुलो झार्न माथि उठाउन के लागेको थिएँ, एक्कासी घामपानीसहित हावा हुरी चल्न थाल्यो । अडिन खोज्दाखोज्दै हावाको झोक्काले प्यारासुटले जस्तै उडाएर टेन्ट र मलार्ई दुई कान्ला तल पु¥याएर लडाइदियो । सबै जना मलार्ई हेरेर गलल्ल हाँसे ।

त्यो एक किसिमले रमाइलो पनि अर्को किसिमले संवेदनशील दुर्घटना भई तलबितल भएको भए मेरो त्यो यात्रा अधुरै रहन पनि सक्थ्यो । कामको सिलसि लामा घटित एक खालको रमाइलो संयोग मात्र पनि थियो । बेलुका सबैले खाना खाइसकेर लजको अगेनामा आगोको राप ताप्न थाले ।

टोपीलार्ई सुत्न मन लागेनछ कि के हो सुत्न गएको मान्छे पनि फर्केर आयो । राम कनीकुथी ब्रोकन अँग्रेजी बोलेर केके भन्दै थियो । ऊसँग केही दुःखसुखका कुरा गरेर खुसी पार्न लागेको जस्तो थियो । रामको कुरालार्ई पाहुनाले विश्वास गरेर ट्रेकिङ सकेपछि उसलार्ई केही आर्थिक सहायता गर्ला भन्ने उसको लालचा वा ईरादा पनि थियो होला ।

उसले ट्रेकिङको सुरुवातदेखि नै हिलारीको भारी बोक्दा बोक्दा किचन ब्वाय, कुक शेर्पा हुँदै तत्काल थर्डपोलमा पदोन्नती भएर त्यस फिनिस ग्रुपको शरदार बनेर गएको कथा चाँही निकै सुन्न लाईक थियो । उ हरतरह टोपीलार्ई प्रभाव पार्न खोज्दथ्यो ।

त्यस कुराकानीबाट मैले राम्रा नराम्रा दुवैै कुरा सुन्दै थिएँ । कथंकदाचित् म आफ्नै काममा परिपक्व भएर गाइड हुन पाएँ भने कसरी कुराकानी गर्ने र आफ्नै कुरा पाहुनाहरूलार्ई कसरी प्रस्तुत गर्ने भन्ने कुरा सिक्दै थिएँ । रामदाइको भने कता कता लोभको घडा पाहुनाबाट भर्न पाईन्छ कि भन्ने चाहना राखे जस्तो लाग्दथ्यो । गोराले उसको कुरा सुन्यो सुनेन, त्यो कि रामलार्ई कि पाहुनालार्ई थाहा होला ।

रात छिप्पीई सकेकोले टोपी गुडनाइट भन्दै सुत्न गयो । रामदाइले चाहीँ होटल साहुनीसँग एक बोतल कोदोको खोयाबिर्के मागेर उनैसँग गफ चुट्न थाल्यो । रामले होटेल साहुनीसँग गप्फीएर पुरै जसो रात कटायो । तर म आफ्नै ड्यूटीमा ।

टाडापानी समुन्द्र सतहदेखि २६८० मी उचाइमा रहेको गुराँस, खस्रु, चाप, फलाँट लगायतका घना जंगलले घेरिएको गुरुङहरूको एक सुन्दर भैंसी खर्क । जब पर्यटकहरूको आगमन हुन थाल्यो, त्यो ठाउँ पर्यटकका लागि एक आकर्षक बासस्थान हुन पुग्यो ।

मनमोहक हिमाली दृश्यसँगै ति हरियाली पाखामा जब बिहानीपख उषा किरणहरू पोखिन थाल्छन अनि त्यो ठाउँ अलौकिक स्वर्ग नै भएकोे आभाष हुन थाल्दछ । हाम्रा पाहुनाहरू पनि त्यही अलौकिक स्वर्गको मनमोहक दृश्यसँगै ब्रेकफास्ट लिइरहेका थिए । क्रमशः


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button