झापा ठ्याक्कै मेरी आमाजस्तै, सोझी, ममताले भरिएकी, समभावकी खानी

देशको समग्र चित्र कोर्ने नेपालनाम्चाको राष्ट्रिय अभियान ‘७७’ मा जोडिएर आफ्नो माटोलाई माया गर्नुभएकोमा मोहन ढुङ्गेललाई विशेष धन्यवाद ।

१. तपाईको जिल्लाको कुरा गर्दा सबैभन्दा पहिला तपाईको मनमा के आउँछ ?
गाईवस्तु, बाख्रापाठा चराउन गएको, किस्ने खोलामा पौडी खेलेको, दुवाली छेकेर माछा मारेको, कक्षा बंक गरेर क्यारेमबोर्ड खेल्न गएको, नेपाली शिक्षक कृष्ण न्यौपाने (छोटा हाते सर भन्थ्यौं) ले कान समाएर उठबस् गराएको, झापाली सुन्नासाथ मानिसले अचम्म मानेर हेरेको, कम्यूनिष्ट नै कम्युनिष्टको बासस्थान भएको भन्ने आम मानिसको मष्तिस्कमा गडेर बसेको आदि इत्यादि ।

२. यहाँ जन्मिएकोमा तपाई कस्तो अनुभूति गर्नुहुन्छ ?
आफ्नो जन्मस्थल स्वाभावैले आनन्द लाग्छ, गर्व लाग्छ ।

३. बाहिरबाट आउने मान्छेलाई यो चाहिँ हाम्रो ठाउँ हो भनेर देखाउन मन लाग्ने ठाउँ कुन हो ?
पहिलो त चर्चित गीतको सिम्बोल गौरादहको बजार, दोस्रो नेपालको सबैभन्दा होचो स्थान केचन कवल, तेस्रो झापाको विभिन्न ठाउँमा फस्टाउँदै गएको चिया बगान, चौथो दोमुखा, पाँचौं देशभर बदनामी कमाएको दमकको भ्यूटावर ।

४. तपाईलाई आफ्नो जिल्लाको कुन कुरामा सबैभन्दा गर्व लाग्छ ?
म जन्मिएको, खेलेको, हुर्केको र आजको स्थानसम्म पु¥याउनमा सहायक भएको ठाउँ ।

५. धेरैले थाहा नपाएको तर तपाईले महसुस गरेको यो जिल्लाको खास विशेषता के हो ?
यो जिल्लाप्रति मेरो मनमा गडेर बसेको ममता, अपनत्व र मातृत्वभाव ।

६. यदि तपाईको जिल्लालाई एउटा मानिस जस्तै सोच्नुप-यो भने कस्तो स्वभावको हुन्छ ?
ठ्याक्कै मेरी आमा । सोझी, ममताले भरिएकी, समभावकी खानी ।

७. भविष्यमा तपाईको जिल्ला कस्तो भएको देख्दा तपाई खुसी हुनुहुनेछ ?
अहंकाररहित र राजनीतिक पूर्वाग्रहमुक्त नेतृत्व र मिलनसार, सदारचारी मानिसको बसोबास भएको ठाउँ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button