
सङ्खुवासभा सम्झँदामात्रै पनि अपार खुशीको अनुभव गर्दछु

देशको समग्र चित्र कोर्ने नेपालनाम्चाको राष्ट्रिय अभियान ‘७७’ मा जोडिएर आफ्नो माटोलाई माया गर्नुभएकोमा दुर्गा कार्कीलाई विशेष धन्यवाद ।
१. तपाईंको जिल्लाको कुरा गर्दा, सबैभन्दा पहिला तपाईंको मनमा के आउँछ ?
पुर्ख्यौली घरकाे याद गाउँछ।
२. यहाँ जन्मिकोमा तपाईं कस्तो अनुभुति गर्नु हुन्छ ?
त्यो स्थान सम्झँदामात्रै पनि अपार खुशीको अनुभव गर्दछु ।
३. बाहिरबाट आउने मान्छेलाई यो चाहिँ हाम्रो ठाउँ हो भनेर देखाउन मन लाग्ने ठाउँ कुन हो ?
त्यहाँका डाँडापाखा र त्यहाँ फुल्ने राष्ट्रिय फूल लालीगुराँसलगायत अन्य थुप्रै थरीका गुरांसले सजिएका डाँडाहरुले सुन्दर तरेली परेका पहाड घुम्न र हेर्न आग्रह गर्छु। सिद्धकाली मन्दिर साक्षात देवीको दर्शन पनि गर्ने सुअवसर प्राप्त हुनेछ ।
४. तपाईंलाई आफ्नो जिल्लाको कुन कुरामा सबैभन्दा गर्व लाग्छ ?
पहाडी जिल्ला भैकन पनि निक्कै विकसित छ। त्यहाँको बुट्टे करुवा नेपालकै प्रख्यात छ । निक्कै स्वादिष्ट र विशेष किसिमको गुणस्तरीय सख्खर प्राप्त हुन्छ । सबै जातिका गुरासे डाँडा । यी गर्व गर्न लायक चिज हुन ।
५. धेरैले थाहा नपाएको तर तपाईंले महसुस गरेको यो जिल्लाको खास विशेषता के हो ?
ठिक्कको हावापानी र लाम्चो डाँडामा फैलिएको चैनपुर बजार सुन्दर छ । यहाँ जानको लागि बिमानस्थलको साथै यातायातको पनि सुबिधा छ जुन धरान धनकुटा जस्ता प्रख्यात तथा नाम चलेका र हेर्नै पर्ने सुन्दर स्थानहरु बाटोमा पर्छन ।

६. यदि तपाईंको जिल्लालाई एउटा मानिसजस्तै सोच्नुपर्यो भने, कस्तो स्वभावको हुन्छ ?
शान्त सुन्दर र विशाल हृदयको ।
७. भविष्यमा तपाईंको जिल्ला कस्तो भएको देख्दा तपाईं खुशी हुनुहुन्छ ?
संखुवासभा साँच्चिकै सुन्दर छ । सडकको राम्रो बिस्तार, विद्यालय, क्याम्पस आदिको अझै सुबिधायुक्त, अस्पताल स्वास्थ्यचौकीको पनि विशेष सुबिधा होस । किनकी मेरा साँहिला काका बुवाले त्यस स्थानमा टिटेनस्को उपचार नपाएर बोकेर धरान ल्याउँदा ल्याउँदै बाटैमा प्राण त्याग्ग्नुभएको थियो रे जो सिद्धकाली गाबिसको समाजसेवी र प्राथमिक विद्यालय खोल्ने पहिलो व्यक्ति हुनुहुन्थ्यो- गणेशप्रसाद ढुङ्गेल साँहिलो पुत्र मेरा हजुरबुवा पण्डित तुलसी राम ढुङ्गेल । सो विद्यालय अझै यथावत चलिरहेकै छ । रातमाटेमा रहेको मेरो घर जाँदा आज पनि आँगनको माटो लिएर निधारमा टीका लगाउने गरेकी छु जुन घर पुग्दा स्वर्गीय पिताजीको सम्झना आउँछ !
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



