
लाङटाङः अध्याँरोमा उर्गेनको उज्यालो कुरा
अशोक सिलवाल
लामा होटल, लाङटाङ
लाङटाङ ट्रेकमा थिएँ ।
क्यान्जीङ पुगेर फर्कदै गर्दा लामा होटलमा एक्कासी भेटिए उर्गेन लामा ।
भेटिएलगत्तै उर्गेनकी सानी छोरी तेन्जिङले आफूले खाइरहेको पापड दिइन् । राती भइसकेको थियो तर हामीले अध्याँरोमा उज्यालो कुरा गर्यौं । जिन्दगीका दुखहरुबीच हामीले सुखका कुरा गर्यौं ।
उनले २०७२ सालको विनाशकारी भुकम्प र हिमपहिरो सम्झे । आमा र भाई गुमाएका उनले त्यति बेला ज्यान गुमाएका १ सय ७३ जनालाई सम्झे ।
‘जहाँ गए पनि उनीहरुको सम्झनाले सताइरहेको हुन्छ’, भन्दै थिए, ‘तर, ट्रेजेडीको सम्झनाले मात्र जीवन चल्दैन ।’
उर्गेनसँग कुरा गरिरहँदा श्रीमती पेम्बा भाँडा माझिरहेकी थिइन् र सुनिरहेकी थिइन् हामीलाई । उनलाई हाम्रो गफगाफ कस्तो लाग्यो कुन्नी ? बाँकी भिडियोमा ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)