
रामचन्द्र पौडेल प्रहरी हिरासतमा कि नियन्त्रणमा ?
१७ मंसिर, काठमाडौं ।
‘भर्खर प्रहरी परिचालन गरी मलाई हिरासतमा लिएको जानकारी दिन्छु । साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्तामाथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस ’, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सामाजिक सञ्जालमार्फत १ घन्टाअघि भनेका छन् ।
‘रामचन्द्र पौडेलले निषेधाज्ञा तोड्नुभयो’ तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले विभिन्न मिडियासँग भनेका छन्, ‘निषेधाज्ञा तोड्दा अरु पक्ष घुसपैठ भएर उहाँलाई खतरा देखिएको हुनाले नियन्त्रणमा लिएका हौं ।’
पौडेल हिरासतमा परेका हुन् कि प्रहरी नियन्त्रणमा ? यी दुई शब्दमा के फरक छन् ?