राम्री रेखा ‘रियलस्टेट’ एम्बासडर
धरानस्थित घरजग्गाको कारोबार संस्था टाइसन रियलस्टेटले नायिका रेखा फागोलाई कम्पनीको ब्राण्ड एम्बासडर नियुक्त गरेको छ । ब्राण्ड एम्बासडर नियुक्त भएलगत्तै फागोले भनिन्, ‘सबै मिलेर एकजुट भएर कार्य गरेमा धेरैले रोजगार पाउने र कम्पनीलाई सफल बनाउन सहज हुनेछ ।’
टाइसन रियलस्टेटले मुख्यत घरजग्गा खरिद बिक्रीको कारोबार गर्नेछ र एजेन्टहरुलाई समेत रोजगार प्रदान गर्नेछ । ‘नेपाल जस्तो देशमा रियलस्टेट कम्पनीको निकै महत्व रहेको छ । क्रेता र बिक्रेतालाई भेट गराई राम्रो सम्झौता गराउने जिम्मा कम्पनीको हो’, रियलस्टेटका अध्यक्ष सोनाहाङ्ग राईले भने, ‘संसारभर नै सदियौँदेखि घरजग्गा बिक्री वितरण भइरहेको छ तर क्रेता र बिक्रेताबीचको प्रत्यक्ष भेट नहुने भएकोले कमिसन खाने समस्याहरू रहेका छन् जसले गर्दा बिक्रेता र क्रेतालाई मार पर्ने गरेको छ । यस्ता सबै प्रकारका समस्याहरूलाई न्यूनिकरण गर्दै हामी व्यावस्थित तरीकाले काम गर्छौं । र, यदि कुनै व्यक्तिले घर जग्गा खरीद गर्न लागेको छ तर रकम नपुगेको खण्डमा कम्पनीको माध्यमबाट बैंकमा ऋण सम्म लिन सक्ने सुविधा रहेको छ ।’
रियल स्टेट को ब्राड एम्बासडर भन्दा अलि भिन्न लागेर आयो अनि रेखा बहिनिआफैमा एक प्रतिभाशाली ब्यातित्व भएको ले यस्ता कम्पनिमा बस्नु आफैले नबुजेको हो कि? अनि एक प्रतिस्थित ब्यातित्व अनि जिम्मेवारी उममेयर ले रिबन काटेर हास्यस्पद काम त गर्नु भएन? किनकी यस्ता कम्पनी को रिबन काट्दै हिन्ने हो भने मेरो स्वम मात्रा २ वटा रियल स्टेट र १ हाउजिङ कम्पनी छ्न। मैले कम्पनिका उदेश्य नबुजेको हो कि ???? अन्यथा मेरो प्रतिक्रिया ले कसै लाई असर पर्न गएमा क्षमाप्रार्थी छु।