
फेरि पनि ‘मास्क लगाऔं, कोरोना भगाऔं’
सुशीला शर्मा
तरकारी ठेलामा राखेर बिक्री गर्न हिँडेका व्यापारी पुरुष अनि महिलालाई त्यो ठेला तान्नु कि प्रहरीले लखेट्न आयो भनेर भाग्नु कि ग्राहकलाई तरकारी बेच्नु ? आपत परेको देखिन्छ । यो पाटनको दृश्य हो । अन्त कस्तो छ कुन्नी । यी मध्ये धेरैको मुखबाट मास्क फुस्किसकेको हुन्छ ।
अलि अगाडि भरिया दाजुभाईको पनि हालत उस्तै थियो । धेरैले च्यापुभन्दा तल नै मास्क अड्याएका थिए । चिया होटलका अगाडि बसेर च्यापु मुन्तिर मास्क लगाउँदै देशकै बारेमा गफ गरिरहेका मर्निङवाक गर्नेहरुको अड्डा पनि देखिन्छ । थप त्यहाँको दृश्य भनेको चुरोट तान्ने र आफू बसेकै ठाउँ अगाडि नै थुकिदिने । यो सब कृयाकलाप भनेका विश्व स्वास्थ्य संगठनले तोकेका मापदण्डभन्दा विल्कुल गलत तरिका हुन् ।
अरुले के गरे भनेर नि के भनिरहनु, आफैं पनि काठमाडौं बाहिर गएको बेलामा कहिले मास्क लगाउने, कहिले नलगाउने गरियो ।
मास्क नै कोरोनाको पहिलो उपचार भन्न छोडिएको छैन । विश्व स्वास्थ्य संगठनको परिभाषा अनुसार कोभिड नयाँ कोरोना भाईरसको कारणले गर्दा संक्रमण हुने रोग हो । जसलाई सार्स-कोभ-२ नामले चिनिन्छ । विश्व स्वास्थ्य संगठनले पहिले यो नयाँ भाईरसबारे चिनको वुहानका मानिसलाई निमोनिया भाइरलको संक्रमणको केसहरु देखिएपछि ३१ डिसेम्बर २०१९ मा जानकारी गराएको थियो ।
कोरोनाको कारणले मास्क लगाउनुपर्ने भएपछि कोरोनाको बारेमा पनि त केही जान्नु पर्यो नि । लक्षणहरु हेरौ:
साझा लक्षण
– ज्वरो
– सुख्खा खोकी
– थकान महसुस ।
अन्य लक्षण
– स्वाद र गन्धमा कमी आउनु
– नाक बन्द हुनु
– आँखा पाक्नु
– घाँटी दुख्नु
– टाउको दुख्नु
– माँसपेशी तथा जोर्नीहरु दुख्नु
– छालामा राता धर्साहरु देखिनु
– रिंगटा लाग्नु, वान्ता हुनु
– कमजोर हुनु, वेहोस होला जस्तो हुनु
– शरीर चिसो, शितागं हुनु ।
कसरी सर्दछ ?
– कोभिड-१९ सार्स-कोभ-२ भाइरसको कारणले जन्मेको हो, जुन मानिसहरुबीचमा फैलन्छ । मुख्यतयाः जब संक्रमित व्यक्ति अर्को व्यक्तिसँगको घनिष्ठ सम्पर्कमा हुन्छ ।
– यो भाईरस संक्रमित व्यक्तिको मुख, तथा नाकबाट निस्कने थुक, सिँगानको छिटाबाट अनि लामो सास फेर्दा, बोल्दा, गीत गाउँदा, हाच्छँयू गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ ।
– संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा मुख, नाक अथवा आँखाको माध्यमबाट सर्दछ । यो विशेष गरेर मानिसहरु एकअर्कासंग प्रत्यक्ष र नजिकको सम्पर्कमा (एक मिटर भन्दा कम दुरीमा रहँदा) रहेको बेला एकबाट अर्कोमा सर्दछ ।
– अहिले विश्वमा भईरहेका कोरोना संक्रमणको परिणामले यो बताउँछ कि कोरोना भाईरस फैलने मुख्य कारण श्वास प्रश्वास गर्दा निस्कने तरल कणहरु एकअर्कासंग नजिक हुँदा नै सरेका छन् ।
कोरोना संक्रमणबाट टाढा कसरी रहने ?
– यदि तपाई संक्रमित या सम्भावित संक्रमितको सम्पर्कमा हुनुहुन्छ भने या अस्वस्थ महसुस गरिरहनुभएको छ भने कुनै पनि स्वास्थ्य संस्था या दीर्घकालिन स्याहार केन्द्रमा भ्रमण नगर्नुहोला ।
– जान परेमा फेसिलिटी निर्देशिकालाई फलो गर्नुहोस् ।
– स्किृनिङ्ग र मास्क लगाउने
– भित्र प्रवेश गर्नुपूर्व आफ्नो हात सफा गर्नुहोस् ।
– अरुसंग कम्तिमा एक मिटरको दुरी कायम गर्नुहोस् ।
– यदि तपाई ६० वा सो भन्दा माथिको उमेरको हुनुहुन्छ भने यदि दीर्घ रोगहरु जस्तै ः हृदय रोग आदि भएमा अरु सतर्कता अप्नाउनु पर्छ । अस्पताल भ्रमण अवधीमा मेडिकल मास्क अवस्य लगाउनुहोस् ।
– कोरोना भाईरस हावाबाट फैलने विशेष ठाउँहरु भनेका घरभित्र, हावा आवतजावत गर्न नमिल्ने कोठा जहाँ संक्रमित व्यक्तिहरु लामो समयदेखि अन्य व्यक्तिहरुको सम्पर्कमा पनि बसिरहेका हुन्छन् । जस्तो उदाहरणको लागि रेष्टुरेन्ट,सामूहिक शारीरिक अभ्यासहरु, फिटनेस कक्षाहरु, विद्यालय, कलेज, सिनेमा घर, मन्दिर, पूजाआजा गरिने ठाउँहरु ।
– भाइरस संक्रमित व्यक्तिले हाच्छँयू गर्दा खोक्दा पनि फैलन्छ । छोइने सतहहरु, स्थानहरु, सामानहरु जस्तै टेवल, ढोकाका हयाण्डलहरु आदि । संक्रमित व्यक्तिले छोएका यी चिजहरु अन्य संक्रमण नभएका मानिसले छोएर, त्यही हातले नाक, आँखा मुखमा हात नधोइ छोएमा यो संक्रमण सजिलै सर्छ ।
कोरोनाबाट बच्न अग्रिम सुरक्षा कसरी गर्ने ?
– मास्क नै संक्रमणबाट जोगिने प्रमुख उपाय हो र यसले जीवन बचाउँछ ।
– भौतिक दुरी: भीडभाडमा नजाने, निकट सम्पर्क नगर्ने , राम्रो हावा आवतजावत गर्ने कोठामा बस्ने । हात धुने, हाच्छँयू तथा खोक्दा, मुख छोप्ने साथै साथै मास्क पनि लगाउने ।
मास्क कसरी लगाउने ?
– मास्क लगाउनु भन्दा पहिले सफासँग हात धुनुहोस् ।
– अनि मास्क समात्नुभन्दा पहिले, मास्क फुकालेपछि पनि हात धुनुहोस् ।
– श्वास प्रश्वासको लागि प्रयोग गरिएका भल्भ लगायतका यन्त्रसंग मास्कको प्रयोग नगर्नुहोस् ।
– मास्क नाक र मुख छोपिने गरी लगाउनुहोस । बीच बीचमा नाकबाट झिकेर च्यापुमुन्तिर मास्क नलगाउनुहोस ।
– प्रयोग भईसकेको मास्कलाई उचित विस्थापन गर्नुहोस्् । यदि पुःन प्रयोग गर्न मिल्ने भए धोएर सुकाउनुहोस् । मास्क हातको माध्यमबाट लगाईने भएकोले हाम्रो हातहरु पनि उत्तिकै सफा र सुरक्षित हुनुपर्ने हुन्छ ।
चरणबद्ध रुपमा हात धुने तरिका
– चरण १: धाराको सफा पानीले हात भिजाउने ।
– चरण २: भिजेको हातमा पर्याप्त साबुन लगाउने ।
– चरण ३: हातका सबै भागहरुमा रगड्ने, सबै औंलाका कापहरु, हत्केला अगाडि पछाडि ।
– चरण ४: विस्तारै सफा पानीले हात पखाल्ने ।
– चरण ५: हात धोईसकेपछि सफा रुमाल,तौलिया,तथा कपडाले हात ओभानो हुने गरी पुछने ।
– घरी घरी हात सफा गर्नुपर्छ । खाना खानुअघि र खाइसकेपछि ।
हुनत अहिले विभिन्न देशहरुमा खोप बनेर खोपबाट पनि धेरै मानिस लाभान्वित भईसकेका छन् । नेपालमा पनि चाईनिज भेरोसिल, ईन्डियन कोभिसिल्ड भ्याक्सिन धेरै नेपालीले लगाईसकेका छन् र कतिपयले भने भ्याक्सिन लगाउन पाएका छैनन् । अंग्रेजीमा एउटा उखान छ, प्रिभेन्सन इज बेटर देज क्युर । अब मानव सभ्यतालाई भाइरसले लखेटेकोे यो अवस्थामा हामी मानिसले अलिकति कष्ट सहेरै भए पनि स्वास्थ्यका नियम त पालना गर्नै पर्यो । मास्क लगाएर हामी पनि हिडौं, नलगाएका मानिसहरु देख्यौ भने लगाउन आग्रह गरौं । हुन त गोरुलाई मुखौरो लगाएर एकोहोरो हिडाएका परिस्थिति जस्तो मास्क सहने मानिस हाम्रो चलन र बानी त होईन । तर उपाय पनि त छैन् । त्यसैले भाइरस भगाउने एउटै उपाय मास्कको सही प्रयोग र हात मुखको सरसफाई ।
कोरोनाबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)