महामारीमा मास्क

झापामा कोरोनाको नयाँ भेरियन्टको जोखिम कम गर्न विर्तामोड राउण्ड टेवल शाखा २७ ले जिल्लाका विभिन्न ठाउँमा मास्क वितरण गरेको छ । कमिलिया क्लोथिङ लिमिटेड बैङ्ग्लोर र राउण्ड टेवल भारतबाट प्राप्त ५ हजार थान गुणस्तरीय थ्री वी ओ मास्क विर्तामोड राउण्ड टेवल शाखा २७ ले वितरण जारी राखेको छ ।

जिल्ला प्रशासन कार्यलय झापामा १५० थान मास्क प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनालाई हस्तान्तरण गरेका छन् । त्यसैगरी जिल्ला कारागार मा ३०० थान हस्तान्तरण गरिएको छ भने २५० थान मास्क एसपी सानुराम भट्टराई, जिल्ला प्रहरी कार्यालय झापालाई हस्तान्तरण गरिएको छ । सशस्त्र प्रहरी बल भद्रपुरलाई ५० थान मास्क उपलब्ध गराइएको छ ।

हस्तान्तरण कार्यक्रममा राउण्ड टेबल विर्तामोडका अध्यक्ष जितेश शर्मा, कोषाध्यक्ष निरज चौधरी , सदस्यहरु दीपक मित्तल, रमण अग्रवाल को उपस्थिती थियो । आगामी दिनमा झापाका अन्य निकायहरुमा मास्क वितरण गरिने लक्ष्य रहेको मित्तलले बताए ।

यसअघि पनि राउण्ड टेबल २७ बिर्तामोडले पत्रकार महासंघ झापालाई ३०० थान, फोटो पत्रकार संघ झापालाई ३५ थान, जिल्ला ट्राफिक कार्यालय झापा लाई १०० थान, इलाका प्रहरी कार्यालय विर्तामोड लाई ३०० थान र रेडक्रस विर्तामोड शाखा लाई ५० थान वितरण गरेको उनले बताए । उपाध्यक्ष सुमित साहेवाला, सदस्य शरद जोशी, मनिष साहेवाला जनसम्पर्क अधिकारी तथा सदस्य दिपक मित्तललगायतको टिमले ती सामाग्री प्रदान गरेको उनले बताए । त्यसैगरी विर्तामोड राउण्ड टेवल शाखा २७ ले इलाका प्रहरी कार्यालय काँकरभिट्टा, मेचीनगर —६ मा रहेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट काँकरभिट्टा, पत्रकारका संघ संस्थालगायतलाई मास्क प्रदान गरेको थियो ।

शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गदैं आएको संस्थाको विर्तामोड शाखा २७ ले कोभिड १९ का विरामी र उनीहरुको परिवारलाई खानालगायत अन्य सेवा प्रदान गदैं आएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button