विवेकशील साझाको महाधिवेशन स्थगित, कारण कोरोना

आगामी जेठ अन्तिम साता गर्ने गरी आन्तरिक तयारी गरिरहेको विवेकशील साझा पार्टीले महाधिवेशन स्थगित गरेको छ । तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबिच गत वर्ष मङ्सिर २४ गते एकता गर्दा ६ महिनाभित्र एकीकृत पार्टीको महाधिवेशन गर्ने घोषणा गरिएको थियो ।

तर कोरोना भाइरस सङ्क्रमणको तीव्र फैलावटले अत्यन्तै प्रतिकूल अवस्था सिर्जना गरेको र ठुलो सङ्ख्यामा भेला हुने गरी महाधिवेशन आयोजनाको अवस्था नरहेकाले महाधिवेशन जेठमा गर्न नसकिने पार्टीले बताएको छ । परिस्थिति सहज बनेपछि अनुकूलता हेरी केन्द्रीय समितिबाट महाधिवेशनको अर्को तिथि तय गरिने पनि पार्टीको बैठकले निर्णय गरेको छ ।

बैठकले कोरोना कहरले सिर्जना गरेको यो परिस्थितिसँग जुध्न सरकारलाई सक्दो मद्दत गर्ने निर्णय समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button