विप्लव प्रकट
झापा आन्दोलनका पाँच शहीदको सुखानीमा बलिदानको दिन भोलि फागुन २१ गते बिद्रोही माओवादी नेकपाका महासचिव नेत्रबिक्रम चन्द’बिप्लव’ सार्वजनिक जीवनमा देखा पर्ने भएका छन् । उनले प्रधानमन्त्री केपी ओलीसङ्गै उभिएर भोलि एक कार्यक्रमवीच आज भएका सहमतिवारे बोल्ने तय भएको छ । दुई पक्षवीच हिजो दुई चरण र आज बिहान भएको एक चरणको वार्ताबमोजिम आजै उक्त समूहमाथिको प्रतिवन्ध फुकुवा हुने र बन्दीहरु रिहा गरिने,कतिपय मुध्दा महान्यायाधिवक्ता कार्यालयको रायसहित आजै क्याबिनेट बैठकबाट फिर्ता लिइने तयारी युध्द स्तरमा शुरु भएको छ ।
(पत्रकार किशोर श्रेष्ठको फेसबुकबाट)