हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन्: रवीन्द्र मिश्र

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेर बहादुर देउवालाई नख्खु जेलमा कोच्ने चेतावनी दिएका छन् ।

सोमबार काठमाडौंको शान्ति वाटिकामा प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष मिश्रले आफ्नो पार्टी सरकारमा पुग्ने बित्तिकै भ्रष्ट ओली र देउवालाई अख्तियार र सर्वोच्च अदालतमा लगेर उपचार गर्ने बताएका हुन् ।

उनले भने, ‘बालुवाटारबाट बालकोट जाने नेतालाई हामी सबभन्दा पहिला अख्तियार र सर्वोच्चमा उपचार गछौँ, त्यसपछि आराम गर्न उहाँलाई नख्खु जेलको चौरमा पुर्याउँछौँ ।’ उनले थपे, ‘नख्खु जेलको चौरमा जीन्दगीभर उहाँहरुले आराम गरेर बिताउनु हुनेछ ।’

आफ्नो पार्टी देशभक्तिको धरातलमा उभिएकाले संख्यामा सानो भए पनि एजेण्डामा अग्रणी रहेको भन्दै आफूहरु ठूला कुरा गर्न नहिच्किचाउने बताए । दलहरुले न्यायालयमा समेत भागबण्डा गरेकाले सर्वोच्चमा पार्टीका कार्यकर्ता पुग्ने गरेको भन्दै अध्यक्ष मिश्रले न्यायालयमाथि नै कालो पोतिएको बताए । राज्यका हरेक निकायहरु पार्टीका भागबण्डामै गाँजिएकाले देशले दुख पाएको बताउँदै अध्यक्ष मिश्रले समतामुलक समृद्धिको लागि नागरिकले पनि मन र मत परिवर्तन गर्नुपर्नेमा जोड लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button