
मननीयः अरु केही पर्दैन, नेताहरुले यत्ति बुझे पुग्छ
अशेष मल्ल
तस्विरः नेपालनाम्चा फोटोपत्रकार ।
महात्मा गान्धीको एउटा भाषणक्रममा श्रोता केवल दुई तीन जना मात्र थिए, उनले घण्टौ भाषण गरे ।
भाषण सकिएपछि उनलाई कसैले सोधे, ‘यति लामो भाषण कस्लाई सुनाउनु भएको ? यहाँ त मानिसहरु नै छैनन् ।’
जवाफमा गान्धीले भने, ‘मैले सारा भारतवासीलाई सुनाएको । आज यहाँ जे बोलें, पत्रकारहरुले सुन्दै छन्, जब भोलिको अखवारमा मैले बोलेको कुरा छापिन्छन्, त्यो भारतभरिका मानिसहरुले पढ्छन् । यो हलमा कति मानिस छन्, मलाई त्यसको मतलब छैन ।’
नेताहरुले बुझ्नु पर्ने कुरा, ‘चाहिने कुरा मात्र बोल्नुस्, ट्रक र बसमा ओसारेर मानिसहरु ल्याउनै पर्दैन । यति लाख उतार्छु भन्ने धाक लगाउनै पर्दैन ।’