राष्ट्रिय ‘बेटी’ सम्मेलनः आसन, भाषण र शासनमा महिला

वाग्मती प्रदेशको राजधानी हेटौँडामा मेचीदेखि महाकाली, हिमाल, पहाड तराईका छोरीबेटी तथा महिला अधिकारकर्मीहरुको एकता गर्ने उद्देश्यले हेटौँडामा माघ २९ गतेसम्म तीनदिने तेस्रो राष्ट्रिय ‘बेटी’ सम्मेलनको तयारी पुरा भएको छ ।

समाजमा हुने महिला हिंसालगायत विभिन्न कूप्रथाविरुद्ध र लैङ्गिक समानता र समावेशी अधिकारका लागि ‘आसनमा महिला, भाषणमा महिला र शासनमा महिला’ भन्ने मूल नाराका साथ सम्मेलन आयोजना गरिएको सम्मेलन मूल आयोजक कमिटीका संयोजक नजबुल खानले जानकारी दिइन् ।

सम्मेलनमा ७५ प्रतिशत महिला र २५ प्रतिशत पुरुष गरी देशभरबाट १०० जना प्रतिनिधि रहनेछन् । यसअघि प्रदेश नं १ मा पहिलो बेटी सम्मेलन र प्रदेश नं २ मा दोस्रो बेटी सम्मेलन सम्पन्न भइसकेको छ ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button