नेपालकै पहिलो स्कुलमा पढाइलेखाई सुरु

यो नेपालकै पहिलो स्कुल दरबार हाइस्कुलमा आइतबारदेखि पढाइलेखाई सुरु भएको छ । विद्यालयमा शिक्षक र विद्यार्थीको भौतिक उपस्थितिमा पढाइलेखाई सुरु गरिएको हो । २०७२ वैशाखको विनाशकारी भूकम्पपछि हाइस्कुल परिसरमा पढाइलेखाई बन्द थियो ।

भूकम्पले पूर्ण रुपमा क्षति भएको विद्यालय पुनःनिर्माण सकिएको महिनौं पछि गत कात्तिक ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन भएको थियो । विद्यालयमा अहिले ३१२ जना विद्यार्थी रहेको विद्यालय व्यवस्थापनले जनाएको छ । अघिल्लो शैक्षिक सत्रमा ८० जना मात्र विद्यार्थी थिए । पूर्णरूपमा क्षति भएपछि आधुनिक निर्माण सामग्री प्रयोग गरी निर्माण भए पनि विद्यालयस्वरुप पहिलकोे जस्तै देखिन्छ ।

2 Comments

  1. I am very glad to hear the progress of our school after the Deadly earthquake.First of all thanks to our Neighbor the Chinese Government and the people of China.
    Further wishing all the best to the Teacher Staffs and the Students of our School.
    Kanak Ram Bhandary
    Ex-Student,Board Member and
    two term Chair of School Managment Committe.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button