सन् २०२६ मा समय–परिस्थितिको मागअनुसार चल्नु छ

नेपालनाम्चाको नयाँ बर्ष स्तम्भ ‘योजना २०२६’ मा डा. निर्मला पोखरेल

अंग्रेजी नयाँ वर्ष सन् २०२६ मा मैले गर्न पर्ने केही कुराहरूको योजना बनाएकी छु। ६३ औं बर्ष पार गरेर ३४ बर्षसम्म त्रिविविमा अध्यापन र अनुसन्धान गर्दैै आउँदा यो साल मेरो लागि विशेष हुनगयो । सन् २०२५ नोभेम्वर २८ सेवा निवृत्त भएपछि ३४ वर्षको अध्यापन अनुसन्धानको सिलसिलामा एकनाशले बितोको जीवनशैलीमा परिवर्तित अभ्यास आत्मसात गर्नुपर्ने भयो । ६ दशक पार पार गरिसकेको यति लामो जीवन विताइ यस विचमा जीवनका अनेकौं उतारचढाव भोगिसकेको आधारमा सन् २०२६ लाई तल लेखिका बुँदाभित्र बसेर व्यतीत गर्ने चाहना रहेको छ, जुन बुँदागतरूपमा यसप्रकार रहेका छन्:

१. स्वास्थ्य जस्तो महत्वपूर्ण कुरा जीवनमा गम्भिर भएर सोच्ने । सोचाइ अनुसार स्वास्थ्य लक्षित जीवनशैली अपनाउने भरमग्दुर प्रयास गर्ने ।
२. तीर्थस्थल। पर्यटकीय स्थलहरु (देश÷विदेश) भ्रमण गर्ने ।
३. साना–ठूला जे जस्तो अगाडि आउँछन् सामाजिक कार्यहरू गर्दै जाने ।
४. अध्ययन अनुसन्धान‌लाई सके साफ जारी राख्ने । अधुरा रहेका कार्यहरु पुरा गर्नतर्फ जोड दिने ।
५. घरायसी कार्यहरुलाई व्यवस्थापन गर्ने ।

योजना त यस्तै छ तर समय परिस्थितिले के के माग गर्छ त्यो अनुसार त चल्नु नै छ । सन् २०२६ सबैको लागि कल्याणकारी रहोस् । भोलेबाबाले संसारका सबै जीवहरूको कल्याण गरुन् । जय जय जय भोलेनाथ !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button