
साँग्रिलाको रजत वर्षमा साँग्रिला दपर्ण विमोचन

साँग्रिला अर्फनेज होमको २५औं वार्षिक उत्सव बैशाख ६ गते शनिबार ललितपुरमा सम्पन्न भएको छ । २०५५ सालमा तिलगंगाको एउटा सानो कोठाबाट ५ जना बालबालिका राखी शुरु भएको साँग्रिला २५ वर्ष पुरा भइरहँदा चापागाउँमा आफ्नै आवासिय भवन र आफ्नै विद्यालय स्थापना गरी सञ्चालन गर्न सफल भएको छ ।
विपन्न तथा आमाबाबु नभएका सहराविहिन बालबालिकाहरुको विना भेदभाव जीवनका लागि चाहिने न्युनतम आवश्यकताहरु गास, वास, कपास, शिक्षा र स्वास्थ्यको उचित व्यवस्था गर्दै आएको साँग्रिला अर्फानेज होमका अध्यक्ष यमुना मरासिनीले कार्यक्रममा बताउनु भयो । कार्यक्रममा प्रमुख अतिथि, ललितपुर क्षेत्र नं. १ का सांसद एवं पूर्व अर्थराज्य मन्त्री उदय शमसेर राणाले बालबालिकाको संरक्षण, शिक्षा र स्वास्थ्य क्षेत्रमा संस्थाले खेलेको भुमिका निकै प्रसंसनिय रहेको बताउनु भयो ।
२५औं वर्ष अर्थात रजत महोत्सवका अवसरमा साँग्रिला दपर्ण नामक स्मारीका विमोचन गरिएको थियो । स्मारिकामा शुरुवाती दिनदेखि सहयोग गर्दै आएका विदेशी दाताहरु, सरकारी तथा गैरसकारी संस्थाहको शुभकामना सन्देश, संस्थापक सदस्यहरु, कर्मचारी प्रतिनिधिहरुको भोगाई तथा अनभव र साँग्रिला अर्फनेज होमबाट आवशिय तथा गैरआवशिय छात्रबृति सहयोग प्राप्त गरी विभिन्न पेशामा काम गदैं आएका युवाहरुको सफलताका कथाहरु समावेश गरिएको छ ।
कार्यक्रममा साँग्रिला अर्फनेज होमका सचिव दधिवल थापाले साँग्रिलाले अनाथ तथा सहाराविहिन बालबालिकाको संरक्षण गर्ने साथै सामाजिक विकासका काम, सडक मर्मत, खानेपानी, वृक्षारोपण तथा महामारीको समयमा आवश्यकता अनुसार स्थानिय स्तरमा सहयोग गर्दै आएको बताउनुभयो ।
कार्यक्रमा राष्ट्रिय बालअधिकार परिषद्का सदस्यसचिव इन्दिरा देवी ढकाल, गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जन, गदावरी वडा नं. १० का वडा अध्यक्ष शेखर न्यौपाने लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । त्यसैगरी गोविन्द फाउण्डेशन जर्मनका कार्यकारी निर्देशक बबेट मिल्लेरले नेपालका लागि सहयोग गर्न पाउँदा आफुहरु निकै भग्यमानी भएको बताउनुभएको थियो । गोविन्द एसोसिएसनका संस्थापकद्धय रोक्को र रमनले भिडियो सन्देशमार्फत शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा साँग्रिला अर्फनेज होम तथा साँग्रिला इन्टरनेशनल विद्यायका बालबालिकाहरुले प्रतिभा प्रस्तुत गरेका थिए । यस होममा हाल ३२ जना बालबालिकाले आश्रय पाइरहेका छन् । संस्थाका सल्लाहकार नीता शाहीको संयोजकत्वमा रजत महोत्सव कार्यक्रम सम्पन्न भएको थियो ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)