जनकजीवन अब ‘भूमि आयोग’ रसुवा अध्यक्ष

भूमि समस्या समाधान आयोग, जिल्ला समिती रसुवाको अध्यक्षमा जनकजीवन उपाध्याय नियुक्त भएका छन् ।

भूमि समस्या समाधान आयोग गठन आदेश, २०८१ को दफा ८ को उपदफा १ को खण्ड क बमोजिम मन्त्रीस्तरको मिती २०८१ पुस २९ को निर्णयानुसार उपाध्यायलाई नियुक्त गरिएको हो । रसुवा काँग्रेसका नेता उपाध्यायलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

उपाध्याय रसुवाका पुराना काँग्रेस नेता हुन् । २०४६ सालको जनआन्दोलनका बेला उनी काठमाडौंको पिपुल्स क्याम्पस जनआन्दोलन परिचालन समितिका संयोजक थिए । सो क्याम्पसका नेविसंघ अध्यक्ष उनी त्यसपछि रसुवा नेविसंघ अध्यक्ष भए । पछि तरुण दल रसुवाका सभापति बनेका उनी रसुवा काँग्रेसको नेतृत्वमा निरन्तर रहे । कुनै बेला गरिवसँग विश्वेश्वर कार्यक्रम रसुवाका संयोजक समेत रहेका उनी रसुवामा बौद्धिक नेता, प्रखर वक्ता र कुशल संगठकका रुपमा परिचित छन् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button