किस्पाङमा योजना शिविर सुरु

नेपालनाम्चा सम्वाददाता, नुवाकोट । गाउँपालिकाले कार्यान्वयन गर्ने योजनाहरुको सम्झौता गर्न किस्पाङ गाउँपालिकाले वडावडामा योजना शिविरको आयोजना गरी योजना सम्झौता अभियान प्रारम्भ गरेको छ । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत, योजना शाखा प्रमुख, पुर्वाधार विकास शाखा प्रमुखलगायतको उपस्थितिमा वडा नं ५ मनकामनाबाट योजना शिविर श्रृंखला सुरु गरिएको हो । यसपछि क्रमश पालिकाका अन्य वडाहरुमा योजना शिविर हुनेछ ।

घरदैलोमै उपस्थित भई जनतालाई अधिकतम सेवा प्रवाहको महसुस गराउने र योजना सम्झौतादेखि कार्यान्वयन र भुक्तानीको चरणसम्म उपभोक्ता समितिले कुनै समस्याबिना नै योजना सम्पन्न गराउन सहज बनाउने उद्धेश्यसाथ गाउँपालिकाले यो अभियानको थालनी गरेको पालिका प्रमुख छत्र लामाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button