विदेशः एउटा फेरि आउन गयो, अर्को नआउने भन्दै गयो

विदेश नजाने

टंक सुवेदी

एउटालाई डिभी परेर गयो
अर्को निर्भर भएर गयो
एउटा वास्तविक बिहे गरेर गयो
अर्को कागजी बिहे गरेर गयो
एउटा व्यापार गर्न गयो
अर्को व्यापार भएर गयो
एउटा आइडि भएर गयो
अर्को आइडि पाउन गयो
एउटा कला देखाउन गयो
अर्को कला हेर्न गयो
सबै कतै गएपछि के गर्ने
ऊ पनि जहाँ भए पनि गयो ।

एउटा पढाउन गयो
अर्को पढ्ने भन्दै गयो
एउटा हिँडेर गयो
अर्को उडेर गयो
एउटा खेल्न गयो
अर्को खेल देखाउन गयो
एउटा लुक्न गयो
अर्को लुकाउन गयो
एउटा कमाउन गयो
अर्को गुमाउन गयो
एउटा सिधा गयो
अर्को घुम्दैघुम्दै गयो ।

एउटा देश छोडेर गयो
अर्को देश सम्झेर गयो
एउटा फेरि आउन गयो
अर्को नआउने भन्दै गयो
एउटा दक्षिण हुँदै गयो
अर्को पश्चिम भएर गयो
एउटा खुशी हुँदै गयो
अर्को सराप्दै गयो
एउटा आफ्नैलागि गयो
अर्को सन्तानलाई गयो
एउटा केही सिक्न गयो
अर्को केही बिर्सन गयो ।

केही पाएजस्तो
केही गुमाएजस्तो
मनभरी धेरै पीडा
छातिभरी न्यानो माया
मात्र दुई रित्तो हात
एउता अनिश्चित भविस्य
साहूको गह्रौ रिण
प्रियसीको आसा
सन्तानको सपना
आखिर जहाँ पनि यस्तै
सबै साथीहरू गैसके त
नजाने विदेश ?


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button