सेन्ट लरेन्स स्कुलभित्र/बाहिर बिरुवा रोपण

विश्व वातावरण दिवसको उपलक्ष्यमा सेन्ट लरेन्स स्कुल, चाबहिलका प्रिन्सिपल पुरुषोत्तम महर्जनको अध्यक्षता तथा विद्यालय भाइस प्रिन्सिपल उज्वल सिंहको संयोजकत्वमा “नेचर क्लब” का विद्यार्थी सदस्यलगायत अन्य कक्षाका विद्यार्थी भाईबहिनीको टोलीद्वारा विद्यालय हाताभित्र तथा विद्यालय बाहिर सार्वजनिक स्थल र पार्कमा विभिन्न जातका हरित बिरुवा रोपण गरिएको छ ।

‘Let’s unite to save the environment’ को मुल नारालाई आत्मसात् गर्दै स्थानीय नवयुवा क्लबका अध्यक्ष अमृत जंग थापा, अन्य सदस्य तथा समुदाय प्रहरीको स्वतस्फूर्त: प्रत्यक्ष सहयोगमा यो सामाजिक कार्य निकै सहज र उपलब्धीमुलक बनेको थियो । विद्यार्थी भाईबैनीलाई सैद्धान्तिक ज्ञानको साथसाथै व्यवहारिक ज्ञान र वातावरणप्रती उत्तरदायी बनाउन यस्ता कार्यक्रमले ठूलो भुमिका खेल्ने कुरा प्रधानाध्यापक महर्जनले बताउनु भयो ।

विद्यालयले विद्यार्थीलाई दैनिक पाठ्यक्रममा मात्रै सिमित नराखेर अतिरिक्त कृयाकलाप र सह-पाठ्यक्रम गतिविधिहरुलाई प्राथमिकतामा राखेको कुरा विद्यालय ECA/CCA इन्चार्ज सुरज थापाले जानकारी गराउनु भयो । आगामी दिनमा पनि यस किसिमका कृयाकलापलाई निरन्तरता दिइने र विद्यार्थीलाई समाजप्रती मात्र नभई वातावरण-प्रकृतीको स्याहारप्रती पनि उत्तिकै जिम्मेवार बनाइने कुरा School Incharge बबिता प्रधानले बताउनु भयो ।

सम्पुर्ण गतिविधिलाई क्यामेरामा सुरक्षित गर्न विद्यालय IT Incharge नवीन चौलागाईंले सहयोग गर्नु भएको थियो भने Student Council का सदस्य विद्यार्थीबाट पनि व्यवस्थापन सहयोग प्राप्त भएको थियो ।

समग्रमा विद्यार्थी भाईबैनीहरुलाई सर्वाङ्गीण शिक्षा प्रदान गरेर स्वस्थ वातावरण, सभ्य समाज र उत्कृष्ट राष्ट्र निर्माणको उद्देश्यमा लागि परेको यस विद्यालयलाई आगामी दिनका लागि पनि शुभकामना !!


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button