
मेराे ठेगानामा एउटा खाम आयाे, सुन्दर अक्षरमा मेराे नाम आयाे
तारा केसी
पनाैती, काभ्रे
मेराे ठेगानामा एउटा खाम आयाे
सुन्दर अक्षरमा मेराे नाम आयाे
कस्ले पठायाे, कहाँबाट हाेला ?
घर खाेज्दै हुलाकी राम आयाे ।
के-के लेख्याे उसले, शब्दकाे हुल पठायाे
लिऊँ कि नलिऊँ, उपहार गुलाफ पठायाे
सम्झनामा मात्र आउने त्याे बैगुनीले आज
आँखामा मेराे आँसुकाे बर्षातकाे मुल पठायाे ।
सम्भव छ फुलिदेऊ कमलकाे फूल बनेर
देखाई देऊ गहिराई पानीकाे मुल बनेर
वारिपारी किन चुप छन् दुई किनारहरू
जाेडी देऊ बाग्मती र नारायणी पुल बनेर ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)