बालमस्तिष्कमा प्रेम र प्रेम दिवसको अर्थ
सुनिता चौहान
प्रेम र वालबालिका पर्यावाची शब्द जस्तै हुन् । बालबालिकालाई प्रेमिल र मायालु वातावरणमा हुर्कने अवसर दिइएको खण्डमा ती बालबालिकाहरुले माया बाँड्न सिक्छन् । त्यस्तै प्रेम दिवस हामीले मन पराउने मानिसका लागि प्रशंसा दर्शाउने एउटा राम्रो अवसर हो । माया दर्शाउन कार्ड, फूल, उपहार, चकलेट आदीको प्रयोग गर्ने गरिन्छ । बालबालिकाहरुले यसको शाव्दिक अर्थ, महत्व भन्दा पनि रमाइलो गर्ने एउटा अवसरको रुपमा लिने गरेको पाईन्छ । समयको अन्तरालसँगै यस दिवसले पनि नेपाली समाजमा महत्वपुर्ण स्थान पाएको छ ।
बालबालिकाको हकमा हामी अभिभावकहरुले यस दिवसलाई माया, सद्भाव र समानअनुभुतीको भावना साँट्ने दिवसको रुपमा परिचित गराउन सकेको खण्डमा उनीहरुमा आत्माविश्वास, आ˚ैलाई माया गर्ने र उनीहरुको व्यक्तित्व विकासमा सकारात्मक रुपमा बहुआयामिक भुमिका खेल्दछ । उनीहरु भोलि गएर घर परिवार, साथीभाइ, आफन्त र समाजप्रति लगाव र कृतज्ञता व्यक्त गर्ने अवसरका रुपमा लिनेछन् । विद्यालयमा विभिन्न व्यक्तित्व भएका बालबालिकाहरु एकै कक्षा कोठामा सँगै बसेर गतिविधिहरु सिक्ने गर्दछन् । उनीहरुबीच प्रतिस्पर्धा हुन्छ, आपसमा मनमुटाव हुन्छ, कहिलेकाहिँ कोहि बालबालिकाहरुलाई कक्षामा घुलमिल हुन गाह्रो भएको अवस्था पनि हुनसक्छ । समान अवसर प्रेम दिवसको भावना कक्षाकोठाका लागि उत्तम समाधान हुनसक्छ । साथीलाई सकारात्मक शव्दले भावनालाई व्यक्त गर्ने, यसबाट बालबालिकाहरुमा सहिष्णुता र उनीहरुमा सहपाठी बीचको भिन्नताको मुल्याङ्कन गर्न सिकाउन सहयोग गर्छ ।
आफ्नो घरपरिवार भित्रबाट एकआपसमा कार्ड दिएर वा मौखिक रुपमा प्रेम दिवसको शुभकामना दिने संस्कारको विकास गर्न सकिन्छ । हामी अभिभावकले पनि आफ्ना बालबालिकाहरु स्कूलभन्दा बाहिरका सबैभन्दा मिल्ने साथीलाई केहि विशेष कार्ड, उपहार दिन चाहेको खण्डमा आफुसँगै जानलाई विशेष समय मिलाउन सक्नुहुन्छ । वास्तवमा हामी अभिभावकले हामीले हाम्रो व्यवहारमा त हाम्रा बालबालिकाहरुलाई मुल्यमान्यता हस्तान्तरण गरिरहेका हुन्छौँ । त्यसैले हामीले विशेष अवसरहरु कसरी मनाउने गरेका छौँ, त्यसको प्रभाव बालबालिकामा पर्दछ । त्यसैले हामीले हरेक अवसरहरुलाई अर्थपुर्ण तरिकाले मनाउनु पर्दछ जसको ˚लस्वरुप बालबालिकामा अर्थपुर्ण सिकाई हुनेछ । बालबालिकालाई भौतिकवादलाई पर राख्दै प्रेम र मित्रताको पाठ सिकाउन कहिल्यै पनि चाँडो हुँदैन, यसको जग त बाल्यकालदेखि नै बसाल्नु पर्दछ । किनभने, ती अवोध बालबालिकाहरु निश्चित विचारकहरु हुन् । उनीहरुलाई अमुर्त वस्तुपरक अवधारणा बुझ्न र बुझाउन गाह्रो हुन्छ । तर, हामीले माया गर्ने मानिसलाई दया, करुणा, आदर, सम्मान, शिस्टाचार र विचारशीलताका उपहारहरु दिएको देखेर सोहि अनुभुती गरेको खण्डमा उनीहरुले पनि सोहि महसुस गरी आत्मसात गर्दछन् । यो प्रेमिल वातावारण एक दिन मात्र हैन, प्रत्येक दिन बनाउन सकेको खण्डमा म तिमीलाई माया गर्छु भन्ने वाक्यले त्यो मुटु आकारभन्दा माथि गएर सोच्ने र बुझ्ने मौका पाउनेछन् ।
हामीले उपहार दिनुको अर्थ उनीहरुलाई माया गर्नु हो र उनीहरु मुल्यावन छन् । त्यसैले ती मानिसहरु उपहार ग्रहण गर्न योग्य छन् । यसबाट उनीहरुले माया, सद्भाव, उपहार र सम्मान भन्ने कुरा आर्जन गर्नुपर्छ र त्यसका लागि के के गर्नुपर्छ भन्ने तथ्य समेत जान्ने र बुझ्नेछन् ।
बालबालिकाहरुलाई मायाको भाषाले सम्बोधन गरौँ, उत्प्रेरणा दिऊँ, मायाका शव्दहरुले प्रेरणा दिऊँ, शारिरिक रुपमा न्यानो स्पर्श दिऊँ, गुणस्तरीय समय दिऊँ, सेवाका भावहरुलाई हरपल सम्मान गरौँ ।
बालबालिका सुन्दर बगैँचाका रंगीचंगी फूलहरु हुन्, जोसँग हामी प्रफुल्ल भएर संसारलाई बिर्सिएर हराउँछौँ ।
प्रेम दिवसको सम्पुर्णमा शुभकामना !
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)