
सायद अरुमा मलाई चाहिए जति दिन माया थिएन
उनी
रीता नेपाली
उनी त कस्ती छिन् थाहा छैन मलाई
तर आज तिम्रो रुप पनि भुल्दै छु
उनको प्रेमको त पत्ता छैन मलाई
तर तिमीले गरेको त्यो माया पनि भुल्दै छु ।
आज फेरि म भर्खर जन्मिएको बालक भए
त्यो समयलाई फेरि अनुभव गर्न पाए
सम्झन कोसिस गर्ने थिएँ तिम्रा ति आँखाहरुलाई
ओठहरुलाई, तिम्रा ति गालाहरुलाई ।
म आफै ठूली भएर हो कि
तिमीहरुले छाडेर गएको समयको लर्को धेर भएर हो
साँच्ची नै आज तिम्रो रुप पनि भुल्दै गएछु
तिमीले गरेको त्यो माया पनि भुल्दै गएछु ।

राख्न खोजेँ धेरैलाई तिम्रो स्थानमा
तर बस्नलाई कोहीको योग्यता पुगेन
रुचाएनन् तिम्रो खाली सिँहासनमा बस्न
सायद अरुमा मलाई चाहिए जति दिन माया थिएन ।
तिमीलाई हेर्ने ठूलो धोको थियो
तर तिम्रो रुपलाई यो दिमागले सम्झनसम्म सकेको थिएन
सम्झनामा मात्र सिमित भै दियौ तिमी
मैले तिमीप्रतिको प्रेम तिम्रो अघि देखाउनसम्म पनि सकिन ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)