सूर्यमती माविको ६६ औं बार्षिकोत्सव आज दश बजे बिहानबाट

राजधानी काठमाडौबाट नजिकै रहेको नुवाकोटको बेलकोटगढी नगरपालिका–१३, ढाँडेफेदीस्थित श्री सूर्यमती माध्यमिक विद्यालयको ६६ औं बार्षिकोत्सव तथा अभिभावक भेला आज माघ ७ गते शनिवारका दिन बिहान १० बजेबाट विद्यालय परिसरमा आयोजना हुँदैछ ।

त्यस अवसरमा विद्यालयको तर्फबाट विद्यालयको प्रगति विवरण पेशमात्र हुनेछैन, अभिभावकको तर्फबाट विशेष साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत हुनेछ । त्यसैगरी विद्यार्थी भाइबहिनीहरुबाट विभिन्न शैक्षिक तथा साँस्कृतिक कार्यक्रमको प्रदर्शन पनि हुनेछ । कार्यक्रममा स्वर्ण, रजत र काश्य गरी २०० भन्दा बढी विद्यार्थीलाई प्रमाणपत्रसहित पदक प्रदान गरिने विद्यालय व्यवस्थापन समितीका अध्यक्ष विनोद सेढाईंले बताए ।

बेलकोटगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङको प्रमुख आतिथ्यता तथा नगरपालिका उपप्रमुख शिव दाहाल, जिल्ला समन्वय समिती सदस्य तथा पूर्व विद्यालय व्यवस्थापन समिती अध्यक्ष सम्झना सेढाईं र जेष्ठ नागरिक हिरादेवी पान्डेको विशेष आतिथ्यतामा सम्पन्न हुने विद्यालय व्यवस्थापन समितीका अध्यक्ष सेढाईंले जानकारी दिए ।

१२ कक्षासम्मको अध्यापन हुने सो विद्यालयमा ३५४ विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा मुख्य गरी बेलकोटगढी नगरपालिका, लिखु र ककनी गाउँपालिकाका विद्यार्थी अध्ययनरत छन् । २ गाउँपालिका र १ नगरपालिकाको संगमस्थलमा रहेको सो विद्यालयमा २२ शिक्षक रहेको उनले बताए ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button