हुँदैन कोहि गरिब सम्पति नभएर, हुन्छ गरिब भएकोलाई नचिनेर

कमला केसी

हुँदैन कोहि गरिब सम्पति नभएर
हुन्छ गरिब भएकोलाई नचिनेर ।

त्यो हैन गरिब, जो बिछ्याउना किन्न सक्दैन
त्यो हो गरिब, जो ठिकसँग सुत्न सक्दैन ।

थोरै मानिस मर्दछन् यहाँ नपाएर खान
धेरै मानिस मर्दछन् जहाँ नजानेर खान ।

खोज्दै हिड्नु पर्दैन पाउन सुखलाई
गरे हुन्छ सदुपयोग सजग भई दुखलाई ।

त्यो हैन बहादुर, जो डराउँदैन
त्यो हो बहादुर, जो डरका बाबजुद पनि पछि हट्दैन ।

त्यो हैन मूर्ख, जसलाई पढ्न आउँदैन
त्यो हो मूर्ख, जो पढेका कुरा व्यबहारमा ल्याउँदैन ।

त्यो हैन धनी, जो अहंकारी र घमण्डी छ
त्यो हो धनी, जो गुणैगुणले भरिएको छ ।

सर्वे भवन्तु सुखिनः सबै सुखी रहुन् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button