मेरी सानी छोरीले भनिन्, ‘बाबा! म कहिल्यै प्लेन चढ्दिन’
कविताः हवाई यात्रा
दुर्योधन वस्नेत
मेरी सानी छोरीले भनिन्
बाबा म कहिल्यै प्लेन चढ्दिन
थोत्रा प्लेन चलाउने पाईलट
जति कमाई भएनि पढ्दिन ।
प्रतिकुल भूगोल छ यो देशको
प्लेन उडाउनै नमिल्ने
मौसम छ त्यस्तै हुस्सु र कुहिरो
प्लेनलाई क्वाप्लाक्कै निल्ने ।
कहिले पाङ्ग्रा निस्किँदैन बाहिर
आकासमै घुम्छ फनफनी
प्लेनभित्र हुन्छ कोलाहल
हल्ला फैलिन्छ सनसनी ।
दिशानिर्देश सहि नहुँदा टावरको
क्षती ठुलै बेहोरियो
हवाई यात्रा रिस्की भयो
जनविश्वास घटेर गयो ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)