जाडाेलाई अब जाडाे कम हुन थाल्याे

कविता: माघे संक्रान्ति

पेशल आचार्य

जाडाेलाई अब जाडाे कम हुन थाल्याे
बाेट, लहरा, पंक्षीहरू
आङ तानेर गुड मर्निङ् भनिरहेछन्
हुस्सू मुख धाेएर व्यायाम गर्न थालेछ
घरमा पकाएका
तिलाैरा, लड्डू, फुराैला र उसिनेका तरूलहरू
संस्कृतिकाे जुलुस बनाएर
गाउँघर ब्यूँझाइरहेका छन्,

यी सबै दृश्यले माघे संक्रान्ति आएकाे जनाउँछ-
बाहिर अयन परिवर्तनकाे बिगुल बजाएर
माघी आएछ !

(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button