स्वागत छ वर्ष दुई हजार तेइसलाई, गरी बाईबाई दुई हजार बाइसलाई
शुभकामना, नयाँ वर्षको शुभकामना
कमला केसी
लुरुक्क परी गयो आयो नयाँ वर्ष
सबमा छाएको छ नयाँ उमङ्ग र हर्ष
रमाउँदै रमाउँदै फेरि आयो नयाँ वर्ष ।
बिर्सी अतित नयाँपन ल्याउनलाई
स्वागत छ वर्ष दुई हजार तेइसलाई
गरी बाईबाई दुई हजार बाइसलाई ।
प्रत्येक वर्षले भन्छ, खुशी हौ, नयाँ बन
आउने त हो उही महिना उही दिन
देख्न चाहेको के हो बसी हेर एकै छिन ।
प्रकृतिले नै सिकाइ रहेछ जिउने कला
सायद मौनको भाषा बुझ्न नसकेर होला
मनुष्यले भोलि भोलि भन्दै गरेरहेछ ढिला ।
बित्यो एक वर्ष विगत नयाँ बनी फेरि आयो
पुराना हटाई नयाँ बन भनी सिकाइ गयो
विगत जे भए पनि भुली गयो सुरुक्क
देख्न खोजेको भविष्य बनाऊ खुरुक्क ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)