खसीको पुकार

टंक सुवेदी

आयो दशै हेर्दाहेर्दै घुमी एक बर्षमा
मार्छन् सब मिली खसी फेरि हर्षमा
लालाबालाहरु रमाउने गरीब डराउने
यहि हो मौका कतिलाई पैसा कमाउने ।

पाठाहरु साना छन्, बाख्री एक्लै भइ
स्वामीको सम्झना मेट्छे त्यसले कता गइ
दशा बनी आयो दशै उसले के पो पाई
भन्दा हुन् अरुले यसले त पोइ नै टोकाइ ।

यात्रा बसको छतमा शहरतिर लगेका
किन होला काटेर छाला समेत तगेका
सबै मिली अधिकारको कुरा गरेका
मारेपछि पनि तातोपानी किन छरेका ?

यस्तो बुद्धिमान कसरी मानिस हुन्छ
खसी चोखो तर मान्छे दलित भन्छ
खसीको यो चित्कार यहाँ कस्ले सुन्छ ?
सज्जन त्यही हो जो सबैको सुन्छ ।

एक्लै हिड्छ खसी मान्छे कोचाकोच
मान्छेले मान्छेलाई किन घोचघोच
चौटै खाए पनि आओस् राम्रो सोच
दसैंको नाममा मान्छे मर्न नपरोस् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button