नगर राजनीति बरू

मिरा पुडासैनी

नगर राजनिती बरू
त्यतिकै चाेखाे छाैं, त्यतिकै प्रिय पनि
हरपल मानव सेवामा समर्पित,
सबै रङ्गहरू समाहित भई बनेकाे
बेदाग सेताे रङ्ग हाैं तिमी,
बिटुलिन किन जान्छाैं फेरि
दुषित पानीका किटाणुसित
पुरानै राेग सारेर छवि धुमिल्याउने हाे यदि भने,
बरू नगर राजनीति तिमी ।

उर्वर उमेर खर्चिएर,
पारिवारिक रहर अनि आवश्यकता भन्दा माथि उठेर
समाज परिवर्तनकाे बाटाेमा निरन्तरता हिडिरह्याैं
कि त गर्छु कि त मर्छु भनी काम गर्दा
किन्चित समूह र व्यक्तिको स्वार्थका निम्ति मात्र,
खराव सम्बन्ध स्थापित हुन्छ यदि भने
बरू नगर राजनिती तिमी ।

क्रान्तिकाे नाममा बलिदानी दिएकाहरूकाे
अतृप्त आत्मालाई यदि शान्ति दिलाउन सक्छाैं भने,
देशकाे बिग्रिईदै गएकाे ईतिहास र बर्तमानकाे बक्ररेखालाई
सहि भविष्य काे आकार दिन सक्ने विश्वास छ भने
तर ईतिहासकाे कालखण्डमा अनेकाैं प्रयाेगशालामा
प्रयाेग गरिने पात्र झैं कठपुतली बन्ने हाे भने,
कसैकाे उक्लिने खुड्किलाे बन्ने हाे भने
बरू नगर राजनिती तिमी ।

गलतलाई गलत भन्न सक्दैनाैं भने
कालाेलाई गाेराे भन्नलाई
अनि वीषलाई अमृत भनी पिउनलाई
कलङ्कित चेहेरा बाेकेर सपना मात्र बाँड्दै हिड्ने हाे भने
गन्धकिलाई आफ्नाे ईमानकाे झाेलामा
बाेक्ने भरिया मात्र बन्ने हाे भने
बरू नगर राजनीति तिमी ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button